हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १३३औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता र सचिव तिलक रानाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पछि सहभागिहरुलाई क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्माले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले बर्तमान परिवेशमा मजदुरहरुको अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले मजदुर आन्दोलन भित्र देखिएका भड्कावहरुको विषयमा पनि प्रष्ट्याउनु भएको थियो । पूँजिपतिहरुले श्रमजिवीहरुलाई हमेश १९/२० घण्टा काम गराइरहने, कुनै किसिमका सेवा सुविधाहरु नदिने, अत्याचार र विभेदहरु बढाउँदै जानाले मजदुरहरुको एकता बढ्न थालेको थियो । फलस्वरुप पूँजिको विकास भएका देशहरुमा व्यापक रुपमा आन्दोलनहरु चल्ने थाले । खासगरि अमेरिकाको फिलाडेल्फिया, शिकागो र बाल्टीमोर जस्ता शहरहरुमा सल्केको मजदुर आन्दोलनको आगो युरोप र ल्याटिन अमेरिकासम्म पुग्यो । आन्दोलनले गति लिंदै जाँदा १९ औं शताब्दीको सातौं र आठौं दशकमा ऐतिहाँसिक सफलता प्राप्त भएको थियो । जसको फलस्वरुप सन १९९० देखि संसारभरका श्रमजिवी मजदुरहरुका लागि १मई ऐतिहाँसिक र आयामको उत्सव भनेर मनाउन थालियो र मनाउँदै आएका छौं ।
कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले ‘मजदुर आन्दोलन सहि विचार र सिद्धान्तको आधारमा चल्न सकेमा मात्रै सफलता प्राप्त हुन सक्नेछ’ पुनले भन्नु भयो- ‘आफूलाई क्रान्तिकारी बताउनेहरुले क्रान्तिको नाममा महत्वाकांक्षा र अवसरवादी बाटो अवलम्बन गर्दै सहि क्रान्तिलाई दिगभ्रमित पार्न कोशिस गरिरहेका छन् ।’
कार्यक्रममा केन्द्रीय प्रतिनिधि के रनत सिंह, क्षेत्रीय उपाध्यक्ष रुपलाल जिएमले पनि मन्तव्य राख्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सदस्य फूलविना पौडेल, भिम बहादुर था, कृष्ण बहादुर थापाले पनि आतित्थ्यता गर्नुभएको थियो ।