हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मुटुको रोगी पार्वती गुरुङलाई नेरु. १ लाख ४६ लाख हजार ४८१ आर्थिक सहयोग गरेको छ । तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा न १, थर्पेक स्थायी घर भै हाल हैदराबादको सैनिकपुरीमा बस्दै आउनु भएका दान बहादुर गुरुङको श्रीमति पार्बती गुरुङ मुटु सम्बन्धी बिमारले ग्रसित भै बिगत लामो समयदेखि उपचार गराउँदै आउनु भएको थियो ।
आर्थिक स्थिति कमजोर भएका कारण थप अगाडिको उपचारलाई निरन्तरता दिन नसक्ने अवस्था सृजना भएको कुरा मध्य दक्षिण क्षेत्रीय समितिमा जानाकारी हुन आयो र क्षेत्रीय समितिले पहल गरि उपचारका लागि केही सहयोग मिलोस् भन्ने अभिप्रायले आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेको थियो ।
१५ मई २०२२ का दिन रकम संकलन गरि नेरु. १,४६,४८१ (एक लाख छ्यालिस हजार चार सय एकासी रुपैयाँ) केन्द्रीय सदस्य भिम बहादुर थापा, केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, सचिव तिलक राना लगायतका क्षेत्रीय तथा मध्य नगर समितिका कार्यकर्ता साथीहरूले एक भेलाको आयोजना गरि पार्बती गुरुङ, श्रीमान दान बहादुर गुरुङ, छोरा सञ्जु गुरुङलाई हस्तान्तरण गरिएको छ ।
आफुलाई मूल प्रवाहले यसरी गरेको सहयोगप्रति दान बहादुर गुरुङले आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गर्नुभएको छ ।