सुमित्रा शर्माको खोजी कार्यमा लाग्न सबैलाई अनुरोध गरिन्छ

गैंडाकोट नगरपालिका वडा न १४ अमरापुरी भेल्लन्टाडी निबासी भिम प्रसाद शर्मा र सीता आचार्य कि बुहारी तथा शंकर शर्मा कि जीवन संगिनी बर्ष २२ कि सुमित्रा शर्मा घरमा सबै परिबारकी प्यारी र मनपर्दी पात्र थिइन्, घरमा राम्रोसँग गृहस्थी चलिरहेको थियो । पारिबारिक श्रोतका अनुसार उनको बाहिर कहिँ कतै कसैसँग सम्पर्क हुने गरेको पनि थाहा थियन, तर अचानक जेठ २ गते २०७९ मा हस्पिटल जान्छु भनी हातमा सानो हाते झोला समाएर बिहान करिब ८ः०० बजेतिर घरबाट निस्केकी थिइन्, तर उनी घरमा नफर्के पछी परिवारजनहरु खोजबिनको लागि चारैतिर लाग्नु भयो ।

आखिर भोलिपल्ट थाहा लाग्यो कि उनी २ गते कै दिन बिहान करिब ११ः१५ बजे नारायणगढबाट दिल्ली जाने बसमा चढेर गएको समाचार प्राप्त भयो । उनी हैदराबाद मै पढेलेखेको भएको हुनाले यतैतिर आउन सक्ने पनि हुन सक्छ भनेर सुमित्राको दाजु अर्जुनसँग बुझ्ने काम भयो । उहाँबाट पनि कुनै प्रकारको जानाकरी नभएको भन्ने कुरा आयो र उहाँ आफै पनि किन यस्तो भयो भन्ने प्रकारको दुःखको कुरा प्रकट गर्नुभयो ।

फेरि हामी हैदराबादका विभिन्न ठाउँमा खोजबिनका लागि सम्पर्क गर्ने काम भैरहेको छ । दिल्ली तिर पनि सम्पर्क भैरहेको छ, उनी छ बर्षको छोराको माया मारी घरबाट निक्ली लापत्त भएकी छन्, उनी निक्लदा ७ तोला सुन र केही आर्थिक पनि लगेर गएकी छन् भन्ने कुरा परिबारको तर्फबाट गरिएको छ । हामी भारतमा रहेका सम्पुणर्सँग संस्था, सामाजिक ब्यक्तित्व र आम जनसमुदायमा खोजीमा जुट्नको लागि अपील गर्दछौं, साथै कहिँ कतै कसैले देख्नु भएमा वा भेटाउनु भएमा नजिकको मूल प्रवाहमा या मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल 9700039368 मा हैदराबाद र सुमित्राको बुवा नरहरी अधिकारी 9849775931 हैदराबाद या भिम प्रसाद शर्मा नेपाल अमरापुरी, गैंडाकोटको १४ नम्बर वार्ड कार्यालयमा जानाकारी गराउन हार्दिक अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार