विजय कामरेडहरुमा बधाई

तिम्रो युद्धको हतियार थियो गिलास
युद्धको उद्घोष थियो चुनाव
र युद्ध मैदान थियो
स्थानीय निकाय
केवल
सानो समयको तयारीमा
एक दिन युद्ध लड्यौँ तिमी
बैशाख तिसमा
तर पनि
धेरै धेरै जित हासिल गर्यौं !

तिम्रा
युद्धका विरोधी थिए प्रतिगमनकारीहरु
संघीयताका हिमाईतीहरु
र राष्ट्रघातीहरु
अनि
विरोधीहरुमा केही विरोधीहरु
थपिएका थिए
तिम्रै साथ छोडेर भागेका
केही नयाँ भगौडेहरु ।

कामरेड
फलमको बन्दुक लिएर लड्नु अघि
सिसाको गिलास लिएर लड्यौं
जनवादी व्यवस्थाको लागि
लड्नु अघि
जनसेवाको लागि लड्यौं
त्यसैले
युद्धको हतियार फरक होला
युद्धको मैदान फरक होला
तर पनि
आजको आवश्यकतमा
शान्तिपूणर् युद्ध लडेर जित्यौं
त्यसैले त्यसैले
जितेका कामरेडहरुमा बधाई
विजय कामरेडहरुमा बधाई ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार