मेरी प्यारी छोरी।

————————–
आफु भोकै बसेर पनि
आफु तिर्खै रहेर पनि।
आफुले दुख सहेर पनि
आफुले कष्ट भोगेर पनि।
आफुले निन्द्रा खटेर पनि
आफुले पिडा सहेर पनि।
सात समुन्द्र पारी गयर पनि
बिरानो देशमा भयर पनि।
दश हण्डर दुख खाएर पनि
गरिवको सन्तान भयर पनि।
शाहस र हिकमत लियर
सबैलाई चुनौति दिएर।
मेरो लागी मात्रै
जागै बसेकी छन उनि।
मेरो लागी मात्रै
भोकै बसेकी छन उनि।
मेरो लागी मात्रै
दुख गरेकी छन उनि।
मेरो लागी मात्रै
कष्ट भोगेकी छन उनि।
मेरै लागी मात्रै
सात समुन्द्र पारी छन उनि।
मेरो लागी मात्रै
बिरानो देशमा छन उनि।
मलाई मात्रै शम्झिन्छन सधैं उनि।
मलाई मात्रै पर्खिन्छन सधैं उनि।
मेरो मात्रै चिन्ता छ सधैं उनलाई।
मेरै मात्रै पिर छ सधैं उनलाई।
म मात्रै छु रे सधैं उनको मनमा।
म मात्रै छु रे सधैं उनको जिवनमा।
म बोलेको राम्रो लाग्छरे उनलाई।
म त हांसेको राम्रो लाग्छरे उनलाई।
मैले भनेको राम्रो लाग्छ अरे उनलाई।
म बनेको राम्रो लाग्छ अरे उनलाई।
म त आजिवन बांचि दिए पुग्छ अरे।
म त सधैं उनकै सामु हांसी दिए पुग्छ अरे।
गरिदिन केहि पर्दैनरे
म भईदिय मात्र हुन्छरे।
ल्याई दिन पनि केहि पर्दैनरे
म त रहिदिए मात्र हुन्छरे।
उनले त मलाई गुडिया जस्तै
बनाई राख्ने हुन अरे।
निभ्न लागेको दियोलाई जस्तै
हत्केलिले छेक्ने हुन अरे।
सबै छोरी यस्तै भय
किन चाहियो छोरा।
छोरी पाउने आमा बाबु
किन बस्थे रोयर।
तिनकै यादमा दिन बिताउंछु
रुन्छु घरी घरी।
यि हुन मलाई शम्झि रहने
मेरी प्यारी छोरी।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार