रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ६ खागल भइर भै हाल भारतको हिमाचलको किन्नौर स्थित घर्स गाउँमा काम गरिरहेका समीर परियार यहि मिति २०७९ बैशाख २९ गतेका दिन नेपाल घर पैसा पठाउन भनेर रामपुर गएका थिए, तर उक्त दिनदेखि फर्किएका छैनन् । २४-२५ दिनदेखी खोजतलास गर्दा पनि हालसम्म कसैको सम्पर्कमा नआएकोले सम्पूणर् नेपाली जनसमुदाय समक्ष यो सुचना जारी गरिएको छ । निजलाई कुनै महानुभावले कहिकतै देख्नु वा भेटनु भएमा तुरुन्त 82192082157/9621625279 मा जानकारी दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।