आत्मआलोचित

म तिमीलाई खादा ओडाउन कसरी सक्छु ?
तिमिले बाटो बिराए पछि ।
म तिमीलाइ अबिर लगाउन कसरी सक्छु ?
जाग्नुपर्ने बेला निदाए पछि ।।

म तिमिलाई फुलमाला कसरी लगाउन सक्छु ?
आफुले रोपेको बिरुवा आफै उखेल्न थालेपछि ।
म तिमिलाई बधाई कसरी दिन सक्छु ?
तिमीलाई पछ्याउँदै आउनेलाई कचडामा फालेपछि ।।

म तिमीलाइ प्रफुल्ल कसरी राख्न सक्छु ?
मलाई नै तिमीले दुष्मन ठानेपछि ।
म तिमीलाई सम्मान कसरी गर्न सक्छु ?
घर बिगार्नेहरुलाइ नै तिमीले आफ्नो मानेपछि ।।

म तिमीलाई सुभकामना कसरी दिन सक्छु ?
घर वरिपरि आएर सुभचिन्तकहरुलाई भड्काएपछि ।
म तिमीलाई घरको सदस्य कसरी मान्न सक्छु ?
आफुले भनेको नमान्नेलाई धम्की दिदै थर्काए पछि ।।

म तिमीलाई सुभकामना कसरी भन्न सक्छु ?
तिमी घर भत्काउन हिडेको थाहा पाएपछि ।
हो म तिमीलाई उपर्युक्त सबै कुरा गर्ने छु ।
तिमी पुणर् रुपमा आत्मआलोचीत भएर आएपछि ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार