तेलङ्गाना राज्यको निजामाबादमा मूल प्रवाहको समिती गठन

रामप्रसाद पौडेल,
हैदराबाद,मूल प्रवाह अखिल भारत नेपाली एकता समाज,मध्य दक्षिण क्षेत्रीय समिती अन्तर्गत पर्ने तेलङ्गना राज्यको निजामाबादमा मूल प्रवाहको नगर समिती गठन गरिएको छ । होटेल लाइनमा कार्यरत नेपालीहरुको बिचमा दिनांक 11 जुलाई 2022 का दिन एक भेलाको आयोजना गरि नगर समिती निर्माण गरिएको हो । उक्त भेलाको उद्द्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो । उहाँले भेलालाई उद्घाटन गर्दै भारतमा रहेका सबै प्रकारका श्रमजीवीहरुको हक-हितकोलागि काम गर्ने संगठन भनेको नै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो । एकता समाजले भारतमा रहेका नेपालीहरुको समस्याको हल मात्र गर्दैन, यसले विभिन्न समयमा देशभित्र चल्ने गरेका जनतान्त्रिक आन्दोलनहरुलाई पनि सफल पार्नको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भुमिका निभाउदै आइरहेको छ । यो संगठनलाई उपयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नकालागि संगठनमा प्रवेश गर्ने मात्रै होइन नेतृत्व तहसम्म पुगेका व्यक्तीहरुबाटै संगठनलाई दिशा विहीन बनाउने, भ्रम फैलाउने यहा सम्मकी ध्वस्त पार्ने-फुटाउने सम्मका गतिविधीहरू स्थापनाकालदेखी नै हुदै आएकाछन् र अहिले पनि केही अराजक एवं अवसरवादी तत्व लागी परेकाछन् । छ तर सगंठनको सहि नीति, योजना र जनतासंगको व्यवहारिक घनिष्ठताका कारणले सम्पुर्ण नेपालीहरुको मन मुटुमा स्थापित हुन सकेको छ, अब यो संगठनलाई कसैले भत्काउन दुस्साहस गर्छ भने त्यो आफै पतन भएर जानेछ । उहाँले अर्को प्रसङ्गमा अहिलेको बर्तमान गठबन्धनलाई लिएर कतिपय मानिसहरुले केवल बिरोधका लागि बिरोध मात्रै गरिरहेका छन तर बास्तबिकता भनेको के पि ओलिको प्रतिगामी कदमलाई रोक्नको लागि नै हो । त्यो सबैलाई बिदितै भैसकेको कुरा हो । फेरिपनी कतिपय मानिसहरुले यसलाई ”बिरोध गर्ने पेशा“ नै बनाउने काम गरेकाछन् यो बिडम्बना हो । मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य कुल बहादुर रेश्मीको पहल र प्रेम रेश्मिको सक्रियतामा सम्पन्न उक्त भेलाले पुरन टण्डनको अध्यक्षतामा 2 रिक्त स्थान सहित 19 जनाको निजामाबाद नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्ष हुम बहादुर बुचा, सचिव बिमल कन्डेल, सहसचिव गोपाल टन्डन, कोषाध्यक्ष तेज बहादुर बुचा, सदस्यहरुमा मदन पालुङे, विशाल रजाली(ए), भैरब खडका, अन्कित बलाल, बल बहादुर रेश्मी, विशाल रजाली (बि), प्रेम रेश्मी, श्रीराम राना, राजु रजाली, शिव पचभैया, गन बहादुर चुने, गङु थाने रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार