एसी हल-विर्यानी भातको लालचले विथोल्न सकेन दशौं दक्षिण भारत सम्मेलनलाई

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलन यहि २३ र २४ जुलाई २०२२ का दिन चेन्नईको महानगरिमा भव्य र शान्दार रुपमा सम्पन्न भएको छ । यो सम्मेलन सम्बन्धमा छोटो अनुभूति प्रस्तुत गर्न चाहन्छु ।

दशौं दक्षिण भारत क्षेत्रीय सङ्गठन समितिको बैठक २७-०३-२०२२मा भर्चुअल माध्यमद्वारा सम्पन्न भएको थियो । प्रमुख अतिथि ठाकुर खनाल र महासचिव केबि थापा र केन्द्रीय कोषाध्यक्ष मदन शर्माको विशेष उपस्थिति थियो । अन्य केन्द्रीय समितिका अतिथिहरु पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो ।

बिस्तारिक बैठकमा दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका विभिन्न १९ नगर समितिहरु मध्य पलनी र चंगलपेट बाहेकका सम्पुणर् समितिहरुका प्रतिनिधिहरुको उपस्थिति थियो । दक्षिण क्षेत्र अन्तर्गतका सबै नगर समितिहरुको रिपोर्ट प्रस्तुति भएको थियो । सांगठनिक रिपोर्टिङ पछि सबै नगरहरु सकृय रहेको र साङ्गठानिक कामहरु राम्रोसँग सञ्चालन भएको पाईएको थियो । उक्त बिस्तारित बैठकले दक्षिण भारतको दशौं क्षेत्रीय सम्मेलन २३ र २४ जुलाई २०२२ मा चेन्नईको महानगरिमा सम्पन्न गर्ने निणर्य गरेको थियो ।

बिस्तारित बैठक पछि सबै साथिहरु आ-आफ्नो नगर समितिहरुमा नयाँ जोस र जाँगरका साथ निरन्तर लाग्नु भयो । सङ्गठन सञ्चालनमा हामीलाई कतिपय चुनौति र बाधाहरु थिए । केही फुटपरस्त साथिहरुले अराजक शैलिमा हामी माथि अक्रमण गरिरहेका थिए । साङ्गठनिक प्रकृयाका बाधाहरु र अराजक शैलिका आक्रमणहरु हामीले निरन्तरताको सङ्घर्ष र मेहनतबाट चुनौतिहरुको रुपमा सामना गर्दै अघि बढ्दै गयौं । साङगठानिक बाधा र अर्चनहरु हामीले सामना गरिरहेका छौ, तर अराजक शैलिपुणर् आक्रमणहरु अहिले पनि हामीले खेपिरहेका छौ । यो आक्रमण क्षणिकको, भ्रम र जाल प्रस्ट भैसकेको छ । बिस्तारै यसको पनि निराकरण हुने कुरामा हामी ढुक्क छौं ।

दक्षिण भारत दशौं क्षेत्रीय सम्मेलनले चन्द्रबहादुर थापा अध्यक्ष, जनकराज पौडेल सचिव र कोषाध्यक्षमा लोकेन्द्र पौडेललाई चयन गरेको छ । ३१ पुणर्, १० बैकल्पिक र १० जना सल्लाहकार गरि ५१ सदस्यीय दक्षिण भारत क्षेत्रीय समिति चयन गरेको छ । निर्बाचित सम्पुणर् पदाधिकारी र सदस्य दक्षिण भारतका अराजक र फुटपरस्त समूहसँग सजिलैसँग मुकाबिला गर्न सक्ने छवि भएका सदस्यहरु सम्मेलनले चयन गरेको छ । दक्षिण भारतमा मूल प्रवाह सकियो भन्ने भ्रम छरेका कतिपय अनुशासन बिहिन अराजक ब्यक्ति र समूहलाई यो समिति एउटा प्रमाण हो, मूल प्रवाह कसैको भ्रममा सकिने र सिध्याउन चाहँदैमा सिद्धिने हुँदैन ।
दशौं दक्षिण भारत सम्मेलन गर्ने बिस्तारित बैठकले करिव चार महिनाको समय राखेको थियो । सम्मेलन हलदेखि पर्चासम्म साथै रक्तिम साँस्कृतिक कार्यक्रमदेखि मेष ब्यबस्थापन गर्न हामीलाई यो समय निकै संबेदनशिल समय थियो । जुन-जुन क्षेत्रमा जुन-जुन साथिहरुलाई कामको जिम्मेवारी दिईएको थियो, सबै कामहरु कुशलतापुर्वक तयारी भएको थियो । यसले पनि के प्रमाणित गरेको छ भने मूल प्रवाहका साथिहरु आन्तरिक रुपमा पनि सक्षम छन् । यसले सम्मेलनको सन्दर्भमा कतिपय भ्रम र जालहरु फिंजाएर सम्मेलनलाई नै विथोल्ने दुष्प्रयास थियो, त्यो असफल भएको छ ।

नेतृत्व पंक्ति र हामी सबै शुभचिन्तकहरु दशौं क्षेत्रीय सम्मेलन कै दौरानमा थियौ । सम्मेलनको मिति नजिकिँदै गर्दा एउटा कुराले निकै चर्चा पायो । यो चर्चा थियो, दशौं क्षेत्रीय सम्मेलन घोषणा सभाको दोस्रो साथै अन्तिम दिन । मूल प्रवाह कै नामबाट फुटप्ररस्त गतिविधि चलाईरहेका केही ब्यक्तिहरुले नेपालबाट जीवन शर्मा बोलाएर एरिया सम्मेलन गर्ने तयारी गरिरहेको कुरा आयो । यो बास्तबमा सत्य थियो । पार्टी फुटाउन हिडेका कृष्णराज पौडेल ज्यू र पुर्व रक्तिमका अध्यक्ष जीवन शर्माको उपस्थितिमा एकै दिन पारेर कार्यक्रम राख्नुको तात्पर्य के थियो ? निश्चय नै जीवन शर्माको उपस्थितिले मूल प्रवाहको घोषणा सभामा जानबाट आम जनमानसलाई रोक्नु थियो भन्ने उनिहरुको साेंचले कार्यक्रम बिथोल्ने मनसायले जुधाएका थिए । नाम अर्काको, लोगो अर्काको त्यसमाथि पनि रजिष्टे्रशन नम्बर समेत अर्काको प्रयोग गरेर मूल प्रवाहमाथि नै हमला गर्ने जुन भ्रमपूणर् गतिविधि फूटपरस्त तत्वहरुबाट भएको छ, त्यसको हिसाब किताब अब भारत प्रवासका नेपाली श्रमजिवीहरुले छिट्टै गर्ने छन् । उनीहरुको यो गतिविधि स्पष्ट छ मूल प्रवाहको कार्यक्रमहरुलाई बिथोल्ने र भ्रम छर्दै आफ्नो स्वार्थ पुर्ति गर्न कै लागि यसो गरिएको छ, तर वर्तमान परिस्थिति यस्तो छैन र भएन ।

घोषणा सभामा हामीले नचिताएको जनमानसको उपस्थित रहेको थियो । हल खचाखच भरिएर बस्ने ठाउँसम्म पुगेको थिएन । सम्मेलनको प्रतिनिधिको हैसियतले मैले यसमा गर्व गरेको छु । हामी चुनौति दिन चाहन्छौं जब नीति, सिद्धान्त, संगठनको नाम पनि एउटै मान्न तयार छौ भने अलग समूह बनाउनुको अर्थ पदीय महत्वाकांक्षा बाहेक अरु के हुनसक्छ ? सिद्धान्तमा बहस गर्न नसकेर कार्यक्रम जुधाएर कार्यक्रम असफल पार्ने प्रयत्न गर्नु हारको मानसिकता हो ।

हाम्रो दशौं दक्षिण भारत सम्मेलनमा १९ नगर समितिका प्रतिनिधि, प्रवेक्षक, दर्शक, कलाकारहरु मध्य पनि दुईवटा नगर समितिबाट प्रतिनिधित्व हुन सकेन तर रिपोर्टहरु प्राप्त भएको थियो र साथै विशिष्ट अतिथिहरु, आमन्त्रिक दर्शकहरु बाहेक सामान्य सुभचिन्तकहरुले मात्रै खल खचाखच भरिएको थियो । स्वयंसेवक साथिहरुले कुसलता पुर्वक जनमानसको ब्यबस्थापन मिलाउनु भएको थियो ।

दशौं दक्षिण भारत सम्मेलनमा एउटा जनगुनासो सुन्नमा आयो । त्यो के थियो भने फुटपरस्त साथिहरुले कतिपय शुभचिन्तकहरुलाई कार्यक्रममा उपस्थित हुन अनिवार्य पारिएको थाहा भयो । ‘उहाँले भन्नुभयो म थिचिएको छु, उता पनि आउनै पर्छ भन्छन् । यता पनि आउन मन छ हामी कसो गरौ ?’ कतिपय साथिहरुले दशौं सम्मेलन हल र फुटपरस्त साथिहरुको हलसँग जोडेर गुनासो गर्नु भयो । ‘यहाँ त यस्तो गर्मि रहेछ । उहाँ त ऐसि छ । खाना पनि मिल्छ, त्यो पनि विर्यानी ।’ अनि मानिस जुटाउन भ्यान ठाउँ ठाउँमा पुगेर मानिस जम्मा गरेको कुरा पनि सुनियो ।

यो बिषयमा हामी स्पस्ट हुनुपर्छ । कसैले ऐसि हल बुकङ गर्ला, कसैले खाना खुवाउला, कसैले बसभाडा पनि फ्रि गर्ला । यो त्यो परिस्थिति र सम्बन्धित ब्यक्ति र समुहको कुरा हो । यसमा हामीलाई केही भन्नू छैन खर्च गर्न सक्नेले गर्ने हो । हामीलाई लाग्छ यो बिबादको बिषय नै होइन । तर कतिपय व्यक्तिहरुलाई संगठनले अनुशासन र अराजकताको कारणले मात्रै कारवाही गरेको छैन । हाल फूटपरस्त गतिविधिको नेतृत्व गरिरहेका कतिपय व्यक्तिहरुलाई आर्थिक हिनामिना गरेको र हिसाव समितिलाई हस्तान्तरण नगरेको कारणले पनि संगठनले निश्कासित गरेको थियो । आज एसि हल, ओसार पसारको लागि गाडि व्यवस्थापन, अतिथिहरुलाई हवाई टिकट, सहभागिहरुलाई विर्यानी खाना लगायतको जुन तामझान देखाइएको थियो त्यो सबै विगतमा समितिमा प्रस्तुत गर्न नगसेको आर्थिकबाट नै भएको हो भन्ने प्रमाणित भएको छ । त्यसका साथसाथै एकछिनको तामझामले दक्षिण भारतका श्रमजिवी नेपालीहरु भ्रममा पर्दैनन् । मुख्य कुरा हो, नीति र सिद्धान्त लागु गर्ने कुरा । सैद्धान्तिक सङ्घर्षमा जितको कुरा । दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनले त्यो जित हाँसिल गरिसकेको छ । दक्षिण भारत हाक्न सक्ने क्षमता प्राप्त गरेको छ । यो क्षमतालाई हजारौं समर्थक र शुभचिन्तकहरुले साथ र सहयोग गरिरहनु भएको छ यसमा कुनै संका छैन ।

फुटपरस्त साथिहरुले हारको मानसिकता गत मूल प्रवाहको आठौं अखिल भारत सम्मेलनमा नै देखाउनु भएको थियो । हामीले कार्यक्रम स्थलबाटै स्मार्ट फोन मार्फत लाईभ कार्यक्रम प्रसारण गरिरहेका थियौ । त्यति बेला फुटपरस्त साथिहरुले ठुलो जनमानसमा देखेर अतासिएर ‘नेपालबाट मानिस ल्याएर आठौं सम्मेलन गरे ! अर्को ठुलो जनमानस देखाउन भिडियो इडिट गरेर धेरै मानिस देखाएका हुन्’ आदि आदि भनेका थिए ।

यतिबेला दशौं दक्षिण भारत सम्मेलन पछि पनि के देखियो भने दक्षिण भारतमा भुकम्प गयो अरे ! फेरि पनि भिडियो इडिट गरेर धेरै देखाएका हुन् भन्ने कुरा दोहोरियो । मानसिक रुपमा रन्थनिए पछि कसैको केही नलाग्दो रहेछ । हामीलाई यसमा कुनै आपत्ति छैन । हामीले सम्मेलन कक्षबाट नै लाइभ कार्यक्रम दिईरहेका हौं । त्यो पनि फेसबुक लाइभ हो । हामीले सिधा प्रसारण गरिरहेका हुन्छौं । यसमा हामीलाई कुनै इडिटिङ गर्नु परेको छैन । हामीले त्यसो गर्दा पनि गर्दैनौं । यस्ता मनसाय बोकेका साथिहरु आफै पतन हुने छन् । हाम्रो भन्नू केही छैन ।

यसरी सयौं बाधाहरु पन्छाउँदै । सयौं चुनौतिहरुको सामना गर्दै १० औं दक्षिण भारत सम्मेलन भब्य र शानदार रुपमा सम्पन्न भएको छ । यो सम्मेलनले अरु बढि उत्साह, जोश र जाँगर भरिदिएको छ । अब हाम्रा सामु साङ्गठानिक कामहरु त छँदैछन् । साथमा हामीलाई थप बाहिरी चुनौतिहरु छन् । हामीलाई बिस्वास छ हाम्रो दक्षिण भारतको दशौं निर्बाचित नेतृत्व सक्षम छ । बाधा र चुनौहरु हटाउँदै, पन्छाउँदै र चिर्दै सधैं प्रवासी नेपालीहरुको पक्षमा अग्रिम मोर्चामा रहेर काम गर्ने छ । धन्यवाद दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन ।

मिति : २३-०७-२०२२
दक्षिण भारत पाण्डेचरी
(लेखक : मूल प्रवाह नगर समिति पाण्डेचरी सदस्य)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार