तिम्रो झुटको पसल

साथी गर्दै छौ रे सित्तैमा,
तरकारीहरुको पसल।
तर उच्च गुणस्तरीय छैन रे नि त,
त्यो तिम्रो फसल।।

साथी राख्दै छौ रे सीत्तैमा,
मासुहरुको दोकान।
ग्राहकहरु संग गर्छौ रे,
अभिभाबकहरुलाइ गाली गलोजको गुणगान।।

साथी राख्दै छौ रे सित्तैमा,
लत्ताकपडाहरुको बजार।
फेरि पनि आफैले लगाउछौ रे,
अर्काको कपडामा नजर।।

साथी दिदै छौ रे सित्तैमा ,
सबारी गर्ने साधनहरु,
फेरि पनि अर्काको खुट्टामा टेकेर चल्छन् रे,
ती तिम्रा कदमहरु।।

साथी गर्दै छौ रे,
झुट र फरेबको खेति।
तिमी अबत आफ्नै आत्मलाइ सोध,
भएन र जातीबित्ती?

साथी हिज हामी ,
गरिब हौ भन्थेउ।
बर्गिय मुक्तिका प्रशिक्षण गरि,
जनताहरु एक जुुट पार्थेउ।।

साथी हिज झोल र भात पाउँदा,
बृहद खुशी हुन्थेउ।
बिना जुता भारतका ,
गल्ली गल्ली पुग्थेउ।।

साथी हिज तिमी खुला आकासमुनि,
आरामसंग निदाउथ्यौ।
हामीहरुलाइ न्याय र समानताकाो,
परिभाषाहरु सिकाउथेउ।।

साथी हिज तिमी,
बर्गसंघर्षका कुरा गर्थेउ,
भाषण गर्ने तिम्रो उत्कृष्ट कलाले,
हामीहरुलाइ सम्मोहित पार्थेउ।।

त्यसैले त हामीहरुले,
आँखा बन्द गरि पुणर् बिस्वास गरेउ।
संका र बिस्वासको सन्तुलन नमिलाउदा,
हाम्रो पसिनाले तिमी महलमा बस्यौं हामी फुटपाथमा रहेउ।।

तर पनि हाम्रो आस्था अनि,
बिस्वासलाइ डगमगाउन दिनेछैनौ,
तिमी जस्ता महत्वकांक्षी र ब्याक्तिबादी,
कसैलाई नेतृत्वमा लिने छैनौ।।

आज तिमिलेत जातीय ,
मुक्तिका कुरा गर्छौ।
जातिय पिडाले प्रताडित भएकाहरुको,
भावना संग खेलेर भ्रम जालमा पार्छौ।।

हिजको खुला आकास बिर्सि,
पार्टी प्यालेसमा रात काट्छौ।
अझै पनि आफुलाइ सर्बहारा बर्गक‍ो,
अग्रता भनिजनताहरु ढाट्छौ।।

साथी अब राम्रो संग पर्दा खुल्यो
बन्द गर सर्बहारालाइ मुक्ति दिलाउने कुरा।
जसले फलामका चिउरा सजिलै चबाउन सक्छ,
उसैले गर्न सक्छ यो महान अभियान पूरा

फेरि पनि तिमिले चिन्ता नगर यहाँ पनि,
दोन्दबादको तेस्रो नियम लागू भयो।
जतिबेला तिमी नराम्रो संग बिचलित भयौं,
त्यबेलै खाली ठाउँ पूरा गर्न अनुशासित अर्को क्यारेडर आयो।।

।समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार