मूल प्रवाहको पहलमा लापत्ता महिलालाई खोजतलास गरी श्रीमानलाई हस्तान्तण

हैदरावाद । जिल्ला दाङ, तुलसीपुर उपमाहानगरपालिका ९ घर भएका धन बहादुर कामीको श्रीमती लक्ष्मी विक ४ वर्षको छोरा साथमा लिई गाउँकी महिला साथीसँग हैदराबादको जुबलीहिल्स भेङकटगिरीमा पुगी कोठीमा काम गरी बसेको अवस्थामा फेला पारिएको थियो ।

श्रीमती भागेको खबर पाएपछि भारतको उतराखण्डबाट स्वदेश गई हैदराबादमा पुगेको हुनसक्ने सम्भावना देखेपछि धन बहादुर हैदराबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिलाई जानकारी गराएका थिए ।

धन बहादुरको जानकारी र राष्ट्रिय जनमोर्चा दाङले मध्य दक्षिण क्षेत्रीय समितिलाई गरेको पत्राचार पछि खोज तलाश गर्दा माथी उल्लेखित ठेगानामा भएको खबर पाप्त भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण समितिका कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य खिम बहादुर परियार, क्षेत्रीय सदस्य मिन बहादुर थापा र क्षेत्रीय सदस्य बिर बहादुर विक, श्रीमान घन बहादुर लिएर आएकी महिला सहित बसि कुरो गर्दा म कुनै हालतमा योसँग जान्न भनेर घेरै कुरा गरिन तर उनलाई दरो र उपयुक्त जवाब दिए पछि अन्ततः घर जाने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार