#विष्णु शर्मा (पाण्डेचरी)
तीज आयो दिदीबहिनी डाडाकाडा घेरेर,
मन दुख्छ हाम्रो देशको हालत हेरेर।
राष्ट्रियता खतरामा परिराख्यो देशको,
दबाब दिई खोजौ अब निकास यसको ।।
हाम्रो देशका सासकले देशको भलो गरेनन्,
बिदेशलाई रिझाउन पछि परेनन्।
राष्ट्रको खर्च गरि जान्छन् बिदेश भ्रमणमा,
फर्केपछि प्रहार गर्छन् देशकै गर्धनमा।।
नागरिकताको बिषयमा कयिल्यै गम्भीर भएनन्,
प्राथमिकतामा वास्तविक नागरिक रहेनन्
नागरिकता अध्यादेश ल्याए बिदेश मुखि नै,
भारतको पिछलग्गु पहिल्यै देखि नै ।।
प्रचण्डको भर्खर भ्रमण भारतमा भएको,
नागरिकताको वचन दिई होइछ गएको ।
अमेरीकालाई खुशी पारे एमसीसी पास् गरेर,
देश जोखिममा पर्यो नेता खराब परेर ।।
कालान्तरमा अमेरिकाका बुटहरु बज्रन्छन्,
ढिलो चाडो उसका सैनिक देशमा गज्रन्छन्।
नेता अनि मन्त्री बन्छन् जनताको भोटले
सेवा दिन्छन्, जनतालाई चोटैचोटले।।
खण्डित राज्य एक गरेथे हाम्रो देशका बीरले,
संघीयता ल्याइ चिरा चिरा पारे अहिले ।
भिउ टाउरलाइ नपर्ने आर्थिकको भार पनि,
सिमानाले पाको छैन काडे तार पनि ।।
दिन दिन हाम्रो भूमि उत्तर तिर सार्दै छन्,
हाम्रो देशको भु-भाग साउरो पार्दैछन्।
हामी पनि हौनि नारी यो देशका नागरिक,
चाहनुपर्छ हामीले नि देशको हक हित।।
राम्रो लाउन खान मात्र खोज्ने होइन हामीले,
शिर उठाउन लाग्दैछन् प्रतिगामीले ।
चौतर्फी आक्रमण छ हाम्रो मातृभूमिलाई,
चुप लागे धिक्कार्ने छ देशले हामीलाई ।।
काख कन्दा बच्चा बोकी लड्ने गर्छन् नारीले,
त्यो इतिहास दोहोर्याउन पर्छ हामीले ।
राष्ट्रघाती नागरिकता बिधेयक हाम्लाई चाहिंदैन,
नेपालीलाई अल्पमतमा पार्न पाइदैन।।
पढेका छौं हामीले अरु देशका इतिहास,
ब्यापार गर्न गएकाले पारे सर्बनास् ।
दबाब दिउ चौतर्फी बिधेयक खारेज गर्नलाई,
खबरदारी गरौं सबले सीमा सार्नेलाई ।।
प्रदेशमा छौं हामी बाध्यताले गर्दा,
छिन भरमै पुग्छौं स्वदेश बिपद पर्दा।
देशले माग गर्यो भने फर्कौ हामी स्वदेश,
तयारी रहौ सबैजना हर हमेसा।।
। समाप्त ।