गजल!

#सुरेशकुमार पान्डे।
यो देश स्वर्ग भन्दा शुन्दर भएपनि,
सानपोखरीमा पिपल बर भएपनि।
हेलारी भयौँ यि दलालहरू ले गर्दा,
आफ्नै पौरखमा नै निर्भर भएपनि।
बिधि र बिधान बने तर हुंदैन लागु,
जनता अनुसानको नै डर भएपनि।
हिमाल पहाड र तराई स्वर्गतुल्यछ,
नेता मस्त छ जनता वेघर भएपनि।
जान्छन बिदेश पसिना बेचन युवा,
पिउनैपर्छ यो दुःख जहर भएपनि।
आमाको काख जस्तो कहां हुन्छर,
पाइला चालें अंजान डगर भएपनि।
०२-०८-२०२२

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार