को हो लालगद्दार ?

#भुपाल लेकाली मगर

आफ्नै घरमा ढुङ्गा हानेर
सत्तोसराप हाल्छ
महाधिवेशनले पारित गरेको
निणर्य कुल्चन्छ
नीति एउटै
सिद्धान्त एउटै
विचार एउटै
छैन कुनै नयाँ एजेण्डाहरू
तर पनि,
झुटको खेती गर्छ
भ्रम सृजना गर्छ
फुटपरस्त गतिविधिमा संलग्न हुन्छ
एउटा सानो अनुशासन बिहिन अराजक झुण्ड
अनि भन्छ “हामी सच्चा क्रान्तिकारी हौं”
ए मित्र साच्चै भन को हो लालगद्दार ?
पार्टीको नीति अनुरुप
चुनाव उपयोग गर्यो
गठबन्धन सरकारमा सामेल भयो
तर पनि,
सडकमा, सदनमा निरन्तर आवाज बुलन्द गरिरह्यो
संघीयता बिरुद्ध
एमसीसी बिरुद्ध
राष्ट्रघाती नागरिकता विधेयक बिरुद्ध
असमान सन्धि सम्झौता बिरुद्ध
राष्ट्र र राष्ट्रियताको पक्षमा
उसैलाई दक्षिणपन्थीको संज्ञा दिन्छ
ए ! मित्र साच्चै भन को हो लालगद्दार ?
दुश्मन शक्ति सित घाँटी जोड्यो
सरकारबाट बाहिरिएन किन ?
भन्दै भोक्रो फुल्याउनेहरू
दुश्मन शक्तिसँग “सङ्घर्ष एकता सङ्घर्ष”
मित्र शक्तिसँग “एकता सङ्घर्ष एकता” को नीति
बुझेर पनि बुझ पचाईरहेछ
कार्यनीति र रणनीति के हो ?
बुझेर पनि बुझ पचाईरहेछ
ए ! मित्र साच्चै भन को हो लालगद्दार ?
क्रान्ति गर्न निक्लिएका
केही थान तन्नेरी लालयोद्धाहरू
क्रान्ति बिसाउन
लगाएर निहुरी मुण्टो
छिरिसके दलालका झुप्राभित्र
बचे खुसेकाहरू
बगालबाट बिच्किएको भेडा जस्तै
एकहोरो रण्ठनिदै चिच्याईरहेछ
नेतृत्व दक्षिणपन्थी भासमा गयो भन्दै
ए ! मित्र साच्चै भन को हो लालगद्दार ?
राजनैतिक प्रतिशोध साध्न कै निम्ति
बहुमतको नेतृत्व माथि हमला गरेर
दिन काट्न छोडिदेऊ अब
सँगै हिडौला सर्वहारा बर्गमूक्तिको आन्दोलनमा
सतिसाल झैं ठिङ्ग उभिएर
ए ! मित्र बरु सक्छौ भने फेरि फर्कि आउ
आफ्नै पुरानो घरमा ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार