भारतको हिसारमा रेलले कुल्चेर पुरन बहादुर केसीको मृत्यु

#खिमराज चालिसे,

चंडिगढ । भारतको हरियाणा राज्यको हिसार स्थित सुर्य नगर रेलवे फाटकमा रेलले कुल्चेर हिसार गणेश नगरमा विगत बत्तीस वर्ष देखि परिवार सहित बस्दै आइरहेका पुरन बहादुर केसी को दुखद निधन भएको छ।

आज बिहान करिब ८ बजे घरेलु सामान लिन घरदेखी निस्केका पुरन बहादुर केसी घर नपुगेको र करिब ११ बजे रेल दुर्घटनामा एक नेपालीको मृत्यु भन्ने खबर थाहा पाई शंकाको आधारमा सुर्यनगर फाटकमा पुगी मृतकको श्रीमति सुनिता केसिले हात खुट्टा र टाउको काटिएको अवश्थामा पाइएका उक्त शवको पहिचान गरेपछि मृत शरीर पुरन बहादुर केसिको भएको ठहर गरिएको थियो ।

श्रीमतीको पहचान पछि रेलवे जिआरपी थानाले आवश्यक कानुनि प्रकृया पुरा गरि पोष्टमार्टम पश्चात शव परिवारलाइ हस्तान्तरण गरेपछि मृतकका परिवारिक सदस्यहरु, मूलप्रवाह एकता समाज र प्रवासी संघको सहभागितामा मृतकको दाहसंस्कार गरिएको छ।

कपिलबस्तु जिल्ला बाढगंगा नगरपालिका वार्ड नम्वर ९ भर्तपुर निवासी रत्न बहादुर केसीको छोरा मृतक पुरन बहादुर केसी वर्ष ५५ को दुर्घटना बारे थप अनुसन्धान हिसार रेलवे पुलीसले गरिरहेको मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार