खबरदार शोषकहरु

#गंगा कडायत (हैदरावाद)

सुन्नुहोला दिदी बहिनी सुन्नुहोला दाजुभाई
यसपालीको तिजमा स्वागत सबैलाई

अरु देशको विकास भयो, हाम्रो देश उस्तै छ
बलात्कार र महिला हिंसा झनभन बढ्दै छ ।

जालझेल गरि नेताहरुले हाम्रो देश बेच्दैछन्
विदेशीले नेपालको सिमा मिच्दै छन् ।

ग्यास डिजेल पेट्रोलको भाउ महंगी भयो
सर्वहारा निमुखाको चुल्हो निभ्ने हो ।

हाम्रो देशको नागरिकता रद्धि भाउमा बेच्दैछन्
त्यसैले त विदेशीले हाम्लाई हेप्दै छन् ।

सानो सानो हाम्रो देश अमेरिक भन्दैछन्
पाँच सालपछि हाम्रो देशलाई हातमा लिंदैछन् ।

नेपालै नरहे हामी कहाँ रहुँला
धेरै भयो अत्याचार कति सहुँला ?

चार वर्ष पहिला निर्मलाको बलात्कार भएको
अहिलेसम्म हत्यारालाई बाहिर नल्याको ।

दोषीलाई सजाय र निर्मलालाई न्याउ देउ
यति भए खुशी हुन्थे, उनका आमा बाउ ।

आफ्नो देशमा रोजगार नपाई विदेशीन बाध्य छौं
खबरदार शोषक सामन्त हामी देश फर्कदै छौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार