जीवनको परिवारलाई मूल प्रवाहको पहलमा मिल्यो करिव पाँच लाख क्षतीपुर्ति

#खिमराज चालिसे,

सिर्सा । भारतको हरियाणा राज्यको सिरसामा करेन्ट लागेर निधन भएका जीवन बहादुर कुमालको परिवारलाई मूल प्रवाहको पहलमा मालिकसँग लामो वार्ता गरि करिव पाँच लाख क्षतीपूर्ती दिलाउन सफल भएको छ ।

अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका वार्ड नम्वर ३ खिदिम देवल चौर निवासी जीवन बहादुर कुमाल वर्ष ५८ हिजो विहान महि पार्ने विद्युतीय मदानीबाट लागेको करेंन्टले तत्काल निधन भएको थाहा पाए पछि मूल प्रवाहको प्रतिनिधि मण्डल घटनास्थल पुगेको थियो ।

मूल प्रवाह सिर्साका अध्यक्ष अजित बुडा मगरको नेतृत्वमा नगर समितिका सुरेश श्रीपाली, रवि सोनी, शंकरलाल गौतम, मान बहादुर खड्क‍‍ा, गोपाल सोनी, राजेन्द्र क्षेत्री, बिजय कुमार र प्रवासी संघका कार्यकर्ताहरु लगाएतले कोठी मालिकसँग लामो वार्ता गरि चार लाख असी हजार नगद र मृतकका ५ जना पारिवारिक सदस्यहरु समेत जीवनको शव अर्घाखाँचीसम्म पुराउन लाग्ने सबै प्रकारका खर्चहरु वेहोर्ने सहमती भएको सिर्सा नगर सचिव गोपाल सोनीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार