देश डुब्दैछ (तिजी गित)

#अर्जुन विक – चंडिगढ

सुन सुन दिदीबहिनी सुनसुन दाजुभाइ ।
मुल प्रवाह एकताको स्वागत सबैलाई ।।

जस्को सरकार आएपनी राष्ट्रघाती हुदैछ ।
ईमानदारी भएन देश डुब्दैछ।।

राष्ट्रघाती नागरीकता बिधायेक किन ल्याए होलान।
आई सी हो कि डलर हो कति खाय होलान् ।।

आईसी र डलरमा राष्ट्रघात गर्दैछन् ।
देश भक्त जनताले बिरोध गर्दैछन् ।।

बिर्दा भत्ता दिएर जनता खुसी गराउने।
युवालाई रोजगार नदिई बिदेश भगाउने ।।

आफ्नै देशमा रोजगार मिले बिदेश जाने रहर छैन।
जहान बच्चा बा आमालाई छोडने मन छैन ।।

युवाको बिदेश जाने रहर होइन बाध्यता ।
यो सरकारले सोचेन हाम्रो बाध्यता ।।

कहिले ह‍ोला हामी सबै आफ्नै देशमा कमाउने।
आफु जन्मेको ठाउँमा सधैं रमाउँने।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार