शुभकामना (तिजि गित)

#जनक बिसी

स्वागत गर्छौ जनतालाई तिजको भाकामा,
२०७९ को शुभकामना । ५

कसरी सुनाऊ साथी देशको बेहाल, कसियो झनै अझै अन्याय जञ्जाल । ३
स्वागत गर्छौ……
२०७९ को ……

जनतालाई पिरलो झनका झन बढदै छ,
महङ्गि चुलिएर आकाश छुदँैछ । ३
स्वागत गर्छौ……
२०७९ को………. ।

अत्याचारले गरिबको घरका झुप्रा तडपिए,
शहर भरि नेता ज्यु महल टल्किए । ३
स्वागत गर्छौ……..
२०७९ को …….. ।

फेरि पनि देशमा मनपरि चल्दै छ,
जनताका नागरिक हक कुल्चि हिड्दै छ । ३
स्वागत गर्छौ………….
२०७९ को ………….. ।

जनतालाई भर्‍याङ बनाई सरकार बनाए,
एमसिसि ल्याएर गोलि बर्षाए । ३
स्वागत गर्छौ………
२०७९ को …………।

देशको तस्बिर कस्तो होला यो मनले मानेन,
अन्याय र भ्रष्टाचारको शाषन हटेन । ३
स्वागत गर्छौ………
२०७९ को ………. ।

जुटनु पर्‍यो किसान ज्यामि एकतामा जुटेर,
मास्नु पर्छ देशका बैरि जनता मिलेर । ३
स्वागत गर्छौ………….
२०७९ को………….।

देशको माटो जोगाउन सयौ फुल फुलाउन ,
नयाँ नेपाल निर्माण गरि संसार चिनाउन ।३
स्वागत गर्छौ………….
२०७९ को………….।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार