#जिबन पराजुली
जनताले साथ नदिएका होइनन्
तर के गर्नु साषक जिउँदा लास भए
राष्ट्रको मायाँ कहाँ छ र यिनलाइ
यिनिहरु त अर्कैका दास भए ।
झुटो राष्ट्रबादको नक्कलि पैरन गरेर
यिनले जनता झुक्याए बारम्बार
सत्ता, कुर्सी जोगाउन जहिले पनि
बिदेशि शक्तिको अगाडि लम्पसार
नेपालीलाई नागरिकता दिने निहुँमा
यिनले देशसँग फेरि गद्दारी गरे
नेपाली नै अल्पमत पार्ने खालको
राष्ट्रघाती विधयक पास गरे ।
राष्ट्रघाती र कालो छ यो विधयक
नागरिकता दिन ल्याएको रे !
देश रहँदैन भोलि बन्छ सिक्किम हेर
यो विधयक छिट्टै खारेज नगरे ।
कहिले हुन्छ भुगोलमाथि आक्रमण
कहिले बोल्छ साम्राज्यबादले धावा
यिनकै कारणले यो देश जाने भो हेर
हामी जनता सचेत नभए अब ।