#जनकराज पौडेल (रेशम)
तिज आयो दिदी बैनी नयाँ सन्देश के ल्यायौं
महिला मुक्ति आन्दोलन कहाँ पुरायौं।
संविधानमा लेख्या छ रे महिलाअधिकार
आज भोलि कस्तो चल्छ गाँऊ समाज।
महिला हिंसा उस्तै छ कि फेरियो समाज
किन उस्तै देखिन्छौ र पिडा मुहार।
बलत्कार र हिंसाका घट्ना पढ्छु समचार
हटेन र महिला माथी हुने विभेद।
दासताको बन्धन चुड्न लाग्छ धेरै समय
आन्दोलनमा अघि वढ हुन्छ विजय।
मागी पाईन्न अधिकार खोसेर ल्याउनु छ
सवै खाले विभेद को अन्त्य गर्नु छ।
नारी पुरुष बराबरी भाषणमा सुनिन्छ
अघि वढ्न थाल्यो कि त जाल बुनिन्छ।
सामान्ती समाज भेदकारी संस्कार
कहिले संम सहि बस्ने सधै विभेद।
बर्गमुक्ति आन्दोलनले उत्पिडन हट्ने छ
निडर बनी अघि वढौं सबै सम्भव छ।