# खिमराज चालिसे
पत्थर टुटोस, सिसा फुटोस विचार नटुटोस् ।
वर्ग संघर्षको मजबुत डोरी स्पात झैं जुटोस् ।।
विचारधारा एकजुटताको नभमा चम्कि रहोस् ।
अवसरवादसँग लड्न दृढ हिम्मत बढोस् ।।
त्यो मन नकापोस नकतै ह्रदय डगमगाओस् ।
मनमित्र यस्तै अदम्य साहासी विचार आओस ।।
सतवुद्धी आओस् दिव्य विचार त्यो मष्तिष्कमा ।
सुदृढ इरादा होस् अल्मलिएका पदचिन्हमा ।।
स्वार्थ अहंकार तथा घमण्ड कोसौं टाढा भागोस् ।
न्यायको बाटोमा झनै दृढ़ चिन्तन आओस् ।।
खुसी, एकता छाओस् परिवार मै दरार नआओस् ।
अवसरवाद निर्मुलहोस् कतै नजरै नआओस् ।।
मेरो घर एक फलामे स्तम्भ हो फलामे रहोस् ।
हर सदस्यमा लौहअनुशाशन दृढ़ छाओस् ।।
दुश्मन भागोस मित्र भीत्रको हुकार जाओस् ।
सर्प, बारुलाको विष पनि अमृतसरी बनोस् ।।
कुतर्क भ्रम तोडदै सिद्धभ्रान्तको रक्षा कवज बन्दै ।
अहंकार भगाउँदै सुदृढ विचारको डोरी बन्दै ।।
पुर्णिमाको रात जस्तै उज्जलता संसारै छाओस ।
सभ्यता र सुशासनको प्रतिविम्ब यही पाओस ।।
जनचक्क्षुमा अटल ध्रुवतारा झैं चम्किरहोस् ।
सुर्यको तेजजस्तै उज्यालो पथमा लम्किरहोस् ।।
अन्याय अत्याचार असमानताको जंजीर तोडदै ।
नभमा समानताको उदय होस भ्रम तोडदै ।।