#विष्णु शर्मा (पाण्डेचरी)
बर्षदिनको तीजमा बाटातिरै हेरेर,
माइती गाउँ बस्दैछ रे चेली कुरेर।
प्रदेश गाकी चेली कैले फर्कि आउली भनेर,
माइतीहरु बस्दैछन् रे दिन गनेर।।
आमा बाबा रुदैछन् रे छोरी आइन भने,
भाइबैनि बस्दैछन रे दिन गनेर।
संगीसाथी रमाउँदै माइती घर आउँदा,
निरास छन् रे बाल्यकालको साथी नपाउँदा।।
बिर्सियौनी भन्दै छ रे आमाको हातको दरले,
अन्धकार भो भन्दै छ रे माइती घरले।
दर बनाउनै मन लागेन भन्नुन्छ रे आमाले,
सम्झिनौ नी भन्दैछन् रे जुन घामले।।
तीज हुन्छ रमाइलो घरमा चेली हुनाले,
भन्दैछन् रे डाडापाखा खोलानालाले।
गोठका गाइ बस्तुलाइ नी उनकै याद आउँछ रे ,
कोइलीले फर्क भनी गीत गाउछ रे।।
उनी बस्ने चौपारीमा काउली परी लर्क्यो रे,
उनी खेल्ने चउरमा दुबो हल्क्यो रे।
उनकै खोजी गर्दै छ रे माइती घरको माटोले,
पर्खेको छु भन्दैछ रे बाटोघाटोले।।
खेतैभरी धानका बाला लह लह झुलेर,
चेली आइन भन्दैछ्न् रे हाम्लाइ भुलेर।
बगैचामा फलफुलहरु लटरम्म फलेर,
काहा गइछ भन्दैछन् रे हाम्लाइ छलेर।।
उनको मातृभूमिलाई नी उनकै खाचो पर्यो रे,
सरकारले राष्ट्रघाती काम गर्यो रे।
धेरै बर्ष भुलायो प्रदेशको कामले,
छिटै फर्क भन्दैछन् रे नेपाल आमाले।।
मलाई बचाउ भन्दैछन् रे नेपाल आमा रोएर,
नेताहरुका कुकर्मले आजित भएर।
चाङ छन् रे देशमा राष्ट्रघाती कामका,
भए अरे देशका नेता मात्र नामका।।
सहज छैन चेलीलाइ नी प्रदेशमा बसन ,
चाडबाड आउदा थाल्दछन् रे आँखा रसाउन।
ताजै बनी उभिएर बालो दीनका तस्बिर ,
स्मरण गराउछन् रे एक एक गरेर।।
फेरि पनि ती चेलीले हार्दिनन् रे हिम्मत,
देश फर्कन गर्दैछन् रे सक्दो प्रयास।
देशको बारे बेखबर उनी पनि छैनन् रे,
मात्र उनी लाउर्नी अब होइनन् रे।।
बन्ने कोशिश गर्दैछन् रे देशको सचेत सन्तान,
पूरा उनले गर्नेछिन् रे सबका अरमान।
बाध्यताको बिछोडलाइ बनाउछीन् रे मीलन,
अनुरोध गर्दछिन् रे पर्खिबसन।।
छिट्टै फर्कि रमाउछिन् रे गाउघर पाखामा,
प्यारो देश र आफन्तको न्यानो काखमा।।
।समाप्त ।