काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणलाई अमेरिकी साम्राज्यवादी नीतिकै अङ्ग भएको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ साउन २२ गते आइतबार जारी प्रेसवक्तव्यमा पार्टीले सो धारणा सार्वजनिक गरेको हो ।
पेलोसीको सो भ्रमणले दक्षिणपूर्वी एसिया र विश्वमा नै तनाव सृजना भएको दाबी गर्दै पार्टीले वक्तव्यमा अमेरिकाको सो नीतिको भत्र्सना गरिएको छ ।
प्रेसवक्तव्यमा अगाडि भनिएको छ :
“अमेरिकी संसद्को तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर विश्वव्यापी रूपमा नै चर्चा, विवाद वा टीकाटिप्पणीहरू भइरहेका छन् । त्यसबारे नेकपा (मसाल) को दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
ताइवान चीनको अभिन्न अङ्ग हो । अमेरिकी साम्राज्यवादले त्यहाँ कठपुतली सरकार कायम गरेर चीनको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतामा हस्तक्षेप गर्ने काम गरिरहेको छ । अमेरिकाको त्यो नीतिको हाम्रो पार्टीले सधैँ विरोध गर्दै आएको छ । अहिलेको पेलोसीको भ्रमण पनि अमेरिकाको त्यही प्रकारको साम्राज्यवादी नीतिको अङ्ग हो । त्यसले दक्षिणपूर्वी एसिया र विश्वमा नै तनावको स्थिति सिर्जना गरेको छ र अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी नीतिको हाम्रो पार्टीले कडा शब्दमा भत्र्सना गर्दछ ।”