पुस्पा पौडेल, हैदराबाद
आदरणीय न्यायप्रेमी बुवाआमा दाजुभाइ,
प्रबासको भुमिबाट स्वागत सबैलाई
बर्सै दिनको तिज आयो गरौं सबै कामना,
चुनौती र अप्ठ्यारो को गरौं सामना,
देशमा रोजगार नपाएर बिदेशमा आएको,
विभेद र अन्याय ले सास्ती पाएको,
धेरै मान्छे बुझ्दैनन कि यहाँ किन आएको,
शासक र ब्यबस्था ले बिबस पारेको,
कोहि भन्छन आफुखुसी हामी आएको,
कोहिले भन्छन आफ्नो आफ्नो कर्म खाएको,
तर होइन दिदिबहिनी कर्मलाइ दोष दिने,
बुझ्नुपर्छ हाम्रो हक कोहो?खोस्दिने,
नेपाल का शाशक नै हुन हाम्रा बैरी दुश्मन,
मूल प्रवाह को आवाज ले थाले झस्कन,
भारतमा रहेका सबै युबायुबती,
शाशकको बदनियत ले भयो यो गति,
जन्मदिने बाबुआमा जहानबाला छाडेर,
दुख सुख गाह्रो सार्हो बस्ने बाडेर,
हाम्रापनी इछ्या थिय,थिय धेरै भावना,
तेहि भावना बुझ्नुपर्छ भन्ने चाहना,
हाम्रो चाहना र भलो गर्ने ब्यबस्था आछैन,
यहि ब्यबस्था ल्याउन भनी नलाइ भछैन,
भारतबाटै उठौ जुटौ सबै मजदुर ज्यामी हो,
मूल प्रवाह नै एउटा आशा मुक्तिकामिको,
मूल प्रवाह्को दियोले नै अन्धकार फाल्ने हो,
त्यसैले त झण्डामुनी आउन थाल्ने हो,
श्रमजीवी जनताको हाम्रो प्यारो सङ्हठन,
जति गर्यो त्यति जिम्मा माया लाग्छ झन,
सबै खाले अप्ठ्यारो को गर्दै जाउ सामना,
यस्तै यस्तै संदेश दिदै शुभकामना,
मूल प्रवाहको अभिभारा सबैले सम्झदै,
मूल प्रवाहको झण्डालाई उचो राखौ है,
संगठन ले गरेको योगदान लाई नभुलौ,
मूल प्रवाह छाडी अन्त कतै नडुलौ,
यति सन्देश दिदै मैले रोक्छु मेरो कलम,
अर्को साल भेट हौंला लालसलाम ।