#खिमराज चालिसे,
जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले गत १८ जुलाई २०२२ को खेल्दाखेल्दै पल्टिएर गम्भीर घाइते एक वर्षिय बालक राम सोमैको उपचारार्थ नेरु तिन लाख असी हजार सहयोग पिडित बालकको बुबा आमालाई हस्तान्तरण गरेको छ ।
पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका ८ निवासी तथा हाल पञ्जाब राज्यको जालन्धर बस्ती बाबाखेल कच्चाकोटमा बस्ने लक्ष्मी सोमै र पदम बहादुर सोमैको छोरा घरमा लोटेर गम्भीर बनेपछि तत्काल अरमान हस्पिटलको न्युरो सर्जरी आइसीयूमा भर्ना गरिएको थियो ।
आर्थिक रुपमा विपन्न सोमै परिवारले बालकलाई बचाउँन मूलप्रवाहसँग आर्थिक सहयोगको अनुरोध गरेसँगै सक्रिय रुपमा लागेको मूल प्रवाह जालन्धर को पहलमा विभिन्न सामाजिक व्यक्तीत्व तथा संघसस्थाहरुले पनि उत्साह जनक सहयोग गरेका थिए ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य कुल बहादुर बगालेले बताउनु भएको रिपोर्ट अनुसार राम सोमैको उपचारार्थ नगद नेरु २,२०,०४० र हस्पिटल प्रशासनसँग वार्ता गरि एक लाख साठीहजार नेरु बराबरको बिलमा छुट गराइ जम्मा ३,८०,००० को सहयोग गरिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरले आफुले सञ्चालन गरेको राम सोमै बचाउ अभियानमा विभिन्न सामाजिक व्यक्तित्व र संघ संस्थाहरुबाट गरिएको उत्साह जनक सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।