दमन, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिती अन्तर्गत दमन नगर समितिको मोटिवाकरमा एरिया समिति गठन गरिएको छ । राजेश चौधरीको सञ्चालन राम अवतार चौधरीको अध्यक्षता र केन्द्रीय समितीका सचिव बेद बहादुर कार्की, क्षेत्रीय सदस्य बाबुराम दहितको अतित्थ्यतामा सो भेला सम्पन्न भएको थियो ।
जसमाः अध्यक्ष- राम अवतार चौधरी, उपाध्यक्ष- पदम राना, सचिव- राजेश चौधरी, सहसचीव- किशोर चौधरी, कोषाध्यक्ष- विशाल चौधरी, सदस्यहरुमाः आशा चौधरी, सृर्जना चौधरी, माया चौधरी, माया कुस्मी, थमन राना, राजेश कुस्मी, किरण चौधरी, अन्जन चौधरी, सन्जय चौधरी, विकास चौधरी, बैकल्पिक सदस्यमा लोकेन्द्र चौधरी, कमल चौधरी सल्लाकारमाः सन्दिप कुस्म, सोमराज चौधरी, उमेश चौधरी र रन्जिता चौधरी रहनुभएको छ ।