सुन्नु होला बुबा आमा सुन्नु मेरा दाजु-भाइर्,
मनको पिडा दुःख कष्ट भन्छु सबैलाई ।
विहे गरि दियौं बाबा पराईको घरमा,
विश्वास मानि छोडिदियौं ज्वाईको भरमा ।
मेरा पनि सपना थिए, होलान मनमा,
राम्रै होला सोंचिकि थिए, पराई घरमा ।
दिनहरु वित्तै गए सुःख शान्ती भएन,
ज्वाईको वानी गलत रहेछ कुलत छोडेन ।
छोरा छोरी जन्मे पनि जिम्मेबार भएन,
लाखौं कोशिस गरे बाबा बानी छोडेन ।
छोरा छोरी बढ्दै गए जान थाले स्कूल,
कपि कलम किन्न पनि भयो मुस्किल ।
चिनजानेको मान्छे थियो राम्रै कुरा गर्दथ्यो,
समस्या नि केहि हुन्न जाउँ भन्दथ्यो ।
विदेश जानेदाम कमाउने सोंच आयोमनमा,
जसरी पुग्ने अठोट गरे ईराकमा ।
छोरा छोरीको भविश्य सोचि आए विदेश,
अहिले बल्ल थाहाँ पाए पर्यो आपत ।
कहाँ बाट उडायो कहाँ पुगे थाहाँ छैन,
सबै यहाँ विरानो छन् आफ्नो कोहि छैन।
म सोझि परेछु नि दलालको फन्दामा,
आफ्नै मान्छे रहेछ नि बिक्रि धन्दामा ।
अहिले मलाई राखेको छ एउटा बन्दकोठामा,
किन्न आउँछन् ग्राहक मलाई पाँच हजारमा
आमा तिम्री छोरीले पाउनु दुःख पाकिछ,
जीवनमा हण्डरहरु धेरै खानि छ ।
फर्किन्छु कि फर्किन्न मेरी आमा थाहाँ छैन,
आफ्नैले फसाई दियो यति रोई छैन ।
दिदी बैनीलाई भन्दिनु है विदेश कोहि नआउनु,
आफ्नै मान्छे भए पनि भर नपर्नु ।
अभाव बरु सहिन्छ बाबा खन खोस्री गरौला,
गलत मान्छे पर्यो भने छोरी कहाँ जाउलाँ ।
छोरा छोरी को ख्याल गर्दिनु गल्ती भए माफ दिनु्,
पराईघर छोरी दिदाँ विचार गर्दिनु ।
सम्झना श्रीस- कोट्टयाम