अंगीकृति र वंशजको नागरिकतामा समय सीमा तोकौं : पौडेल

काठमाडौं । सांसद दुर्गा पौडेलले समय सीमा तोकेर मात्रै  अंगीकृत नागरिकता र वंशजको नागरिकता दिने व्यवस्था गर्नुपर्ने माग गरेकी छन्।

नागरिकता विधेयक- २०७९ पारित गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले खुला रुपमा अंगीकृत नागरिकता र वंशजको नागरिकता दिन नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘कुन विधि शास्त्रीय आधारमा नागरिकता वितरण गर्दैछौं ? त्यो हामीले जान्न जरुरी छ । कुनैपनि देशमा केहि समय राखेर नागरिकता दिने गरिन्छ । अंगीकृत नागरिकता र वंशजको नागरिकता प्राप्त गर्ने विधि छ । ती विधि प्रयोग गर्दै जाँदा सुधार गर्न सकिन्छ । खुला रुपमा अंगीकृत नागरिकता र वंशजको नागरिकता दिन सकिदैन । त्यसैले यो नागरिकता विधेयक खारेज गरेर जानुपर्छ ।’

उनले खुला सीमाना भएको मुलुकमा विवाह गरेकै आधारमा नागरिकता पाउने व्यवस्था गरियो भने नेपाल फिजी हुने खतरा रहेको बताइन्।

उनले भनिन्, ‘हाम्रो नेपाली चेलीलाई विवाह गरेर लैजाने देशका नागरिकताले कस्तो व्यवहार गरेका छन् ? हेरौं त । हो, नेपाली नागरिकले नागरिकता पाउनुपर्छ । त्यसको लागि केहि विधि र प्रकृयाहरु सुधार गर्नुपर्छ । खुला सीमाना भएको मुलुकमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य भयो भनेर छोडीदियौं भनेपछि हामी फिजी हुने खतरा छ । ‘

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार