सबै अघि बढौं (तीजि गीत)

#सरस्वती गायक

गितबाटै भन्छु आज कस्ता आए जमना।
सर्वप्रथम तिजको शुभकामना।
यता हेर्छु उता हेर्छु सबको मुहार अमिलो।
दिदी बैनि सबैको मन धमिलो ।

माइति टाढा भएको चार्ड पर्वले जनाउँछ।
सोंची शम्झि लिँदा खेरी दुःखी बनाउँछ ।
बाउ-आमाको माया जस्तो अन्त कहाँ पाइन्छ ।
दुःख पर्दा चेलिलाई माइति चाहिन्छ ।

चाडपर्व आउँदा खेरि झल्को आउँछ बुबाको ।
ढाका टोपी लगाएको कति सुहाको।
घरको राम्रो शिरको स्वामी माईत राम्रो दाजुभाई।
बहिनी टाढा भईन भनी पिर नलिनु है।

यो तिजमा लिन आउँछ मेरो सानो कान्छो भाई।
पिर नगर्नु टाढा भइ मेरा ठुला दाई।
भाई त आएउ लिनलाई अब माईत जानि हो।
आमा छैनन् कस्को हातको दरखानी हो ।

मेरी आमा भाको भए छोरी आइने भन्दिहुन् ।
कहिले आउछे भनेर दिन गन्दि हुन्।
आमा बाबा नभएनि तिज मान्न सबै जाउ।
यो कुरालाई यतै छोडि अब यतालाउँ ।

बाध्यताले गाउँ भुलेर बिदशमा पसियो।
तिज कैले आउला भनि कुरि सालभर बसियो।
नेपालको सरकारले पराईलाई झैं गर्या छ।
बाध्यताले चर्को घाममा खट्नु पर्या छ।

बोल्ना सक्नि टाठाबाठा सधैं अघि भाका छन् ।
सोझा साझा जनताहरु बिदेश गाकछन्।
एकजुट भई महिला पुरुष सबै अघि बढौंन।
हामी पनि देशको लागि केहि गरौंन।

यो तिजमा बिदेशबाट यस्तो सन्देश दिनेछौ।
देश बेच्ने दलालसँग बद्ला लिनेछौं।
हाम्रो पनि देशमै बस्ने ठुलो थियो चाहना।
रोक्छु कलम आजलाई शुभकामना।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार