#विष्णु शर्मा (पाण्डेचेरी)
हाम्रो घर आगनमा आइपुग्यो तीजपनि
एउटा गित लेखे मैले गाउनु होलानी।
तीज आउदानी नछ खुशी नछ मनोरञ्जन
बिभेदकारी चलनले पीडा मनमा।।
भिन्न भिन्न दृष्टिकोण छ बर्तमान समाजमा
यसले असर पारेको छ सबको मगजमा।
छोरा जन्मे हर्क बढाइ छोरी जन्मे निराश
छोराबाटै हुन्छ भन्छन् कुलको बिकास।।
भित्र देखि बाहिर सम्म भेदभाब गरिन्छ
सबै काममा सिमा खिची पछि पारीन्छ।
छोरा नै रे साहसी र सक्षमको निसानी
छोरी कमजोर पराइको नासो भननी।।
सम्पतिमा अधिकार संविधानमा लेखियो
ब्यबहारिक रुप दिएको खै कति देेखियो?
समाजमा दिन दिन महिला हिंन्सा चर्कियो
बालिकाको चित्कारले देेशै धर्कियो।।
पिर हुन्छ बा आमालाई बाहिर गए छोरीको
शुरक्षित घर फर्कने होकी होइन त्यो ?
कैयौं छोरी घरभित्रै अशुरक्षित भएका छन्
आफन्त भनाउदाले ज्यान खाकाछन्।।
निमुखालाइ केन्द्र बनाइ मानव तस्कर बढ्दैछन्
साना साना नानीहरू सिमा तार्दैछन्।
यो फोहोर फाल्ने काम दिउ सन्तानको काधमा
त्यसको निम्ति सचेत बनौ सबै बा आमा।।
छोरा छोरी बराबर हुन् हाम्रा एकै सन्तान
बिस्वास गरौ पूरा गर्छन् हाम्रा अरमान।
एउटै खुनले सिन्चिएर जन्मलिन्छौ जसरी
सक्षम र असक्षम बनेउ कसरी ?
आजका साना बच्चा भोलीका कर्णधार
भबिष्यलाइ बर्तमानले राख्छ सरोकार ।
सक्षम र असक्षमको परिभाषा बुझाउ है
सामाजिक भाबनाको बिकास गराउ है।।
सहि कामलाई प्रोत्साहन गलत गर्दा संझाउ
बिषरुपि घमण्डलाई डाडा कटाउ।
ठुलो मान्छे भन्दापनि बनाउ असल मानिस
सन्तानको पहिलो शिक्षक होनी हामी त।।
शिक्षित भए भने देशका सारा सन्तति
हुनेछैन समाजमा यस्तो दुर्गति ।
भोको पेटलाइ गाँस बन्नेछन् नाङ्गोलाई कपास
गलत कामको बिरोध गर्ने राख्छन् साहस।।
पिडीतको न्याय बन्छन् पिडकको सजाय
अन्याय र अत्याचारको हट्छ रजाइँ ।
एक एक गरि हटाउने छन् बिभेदकारी चलन
चहराएका घाउहरुमा लाउछन् मलाम।।
भयमुक्त समाजको निर्माण यीनले गर्नेछन्
देशबिकासको अभियानमा अघि बढ्नेछन्।
स्वास्थ्य र दिर्घायुको संपूर्णमा कामना
79 साल तीजको सबमा सुभकामना।।
।समाप्त ।