हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम भब्य र शानदार रूपमा सम्पन्न भएको छ ।
महिला क्षेत्रीय विभागकि संयोजक पुष्पा पौडेलको अध्यक्षता र माया थापाको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य भिम बहादुर थापा, केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, केन्द्रीय बैकल्पिक सदस्य कृष्ण बहादुर थापा, मध्य दक्षिण क्षेत्रीय सचिव तिलक राना, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा क्षेत्रीय सचिवालय सदस्य वीर बहादुर बिक, केन्द्रीय रक्तिम विभाग झलक पुन, उद्योग व्यवसायी तथा क्षेत्रीय सल्लाहकार सदस्य रन बहादुर पौडेलले अतिथि आसन ग्रहण गर्नु भएको थियो ।
अतिथीहरुको आशन ग्रहण पश्चात् ज्ञात अज्ञात सहिदहरुप्रती एक मिनेट मौनधारणा गरिएको थियो । महिला बिभागकि सदस्य गुमा रानाले उपस्थित जनसमुदायहरुलाई स्वागत गर्नु भएको थियो । विधिवत रूपमा कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य कृष्ण बहादुर थापाले गर्नुभएको थियो ।
उक्त प्रगतिशील तीज कार्यक्रममा बोल्दै थापाले महिलाहरु समाजका मुख्य शक्ति भए पनि अधिकार सम्पन्न नभएको बताउनु भयो । उहाँले समाजमा अझै पनि महिलाहरु विभेद, दमन, अन्याय र अत्याचारको जातोमुनी पिल्सिएर बस्नु परेको बताउनु भयो । यस्तो अबस्थामा जबसम्म महिलाहरु स्वयम् सचेत र संगठित हुदैनन् तबसम्म अवस्था यस्तै रहने बताउनु भयो ।
तीजि कार्यक्रम भव्य रूपमा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । आतित्थ्यता आसन गर्नुभएका सम्पुणर् अतिथिहरुले महिला मुक्ति आन्दोलनमा जुट्न अहिलेको आवस्यकता भएको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
उक्त तीजि कार्यक्रममा क्षेत्र नगर र एरिया समितिबाट प्रगतिशील तीजि गितका साथै नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको बीच-बिचमा रक्तिम कलाकारद्वारा प्रगतिशिल तीजि गित र रक्तिम गितहरु प्रस्तुत गरिएको थियो ।
एल्लुर ।
एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला विभागको एल्लुर नगर समितिको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ ।