मध्य दक्षिण क्षेत्रीय महिला विभागको प्रथम भेला सम्पन्न

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय विभागको प्रथम भेला सम्पन्न भएको छ ।भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले गर्नुभएको थियो ।

उद्घाटनका क्रममा उहाँले महिलाहरुमाथि विद्यमान शोषण, दमन, अन्याय अत्याचार र सबै प्रकारका विभेदको अन्त्य नगरेसम्म महिला मुक्ति सम्भव छैन भन्दै त्यसका लागि चेतनाको विकास र शसक्त संगठनको आवश्यकता हुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय प्रतिनिधि तथा मध्य दक्षिण क्षेत्रीय सचिवालय सदस्य के रतन सिंह, केन्द्रीय सदस्य भीम बहादुर थापा, क्षेत्रीय सचिव तिलक राना, कोषाध्यक्ष घनश्याम शर्मा, सदस्य गंगा कडायत, केन्द्रीय परिषद सदस्य सम्झना दुलाल, रक्तिम केन्द्रीय विभागका सदस्य झलक पुनले पनि सम्बोधन गर्नुभएको थियो।

पुष्पा पौडेलको सञ्चालन, माया थापाको अध्यक्षतामा भएको कार्क्रममा अतिथि आसन ग्रहण पश्चात् वीर सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । स्वागत गुमा रानाले गर्नुभएको थियो।

भेलाको प्यानल प्रस्तुत केन्द्रीय सदस्य भीम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो। भेलाले पुष्पा पौडेल (उत्तर हैदराबाद) को संयोजकत्वमा एक रिक्तसहित ४५ सदस्यीय मध्य दक्षिण महिला क्षेत्रीय विभागको गठन गरेको छ ।

सदस्यहरूमा गुमा राना (मध्य हैदराबाद), सम्झना दुलाल (मध्य हैदराबाद), सबिता पौडेल (मध्य हैदराबाद), इश्वरा पौडेल (मध्य हैदराबाद), अम्बिका अधिकारी (उत्तर हैदराबाद), देबु केसी (उत्तर हैदराबाद), खैसरा थापा (उत्तर हैदराबाद), शर्मिला थापा (उत्तर हैदराबाद), मधु थापा खडका (मध्य हैदराबाद), बिजुला शर्मा (उत्तर हैदाराबाद), सीता थापा (उत्तर हैदराबाद), देवी शर्मा (नालगोन्डा), कमला पौडेल (उत्तर हैदराबाद), सृजना खत्री (मध्य हैदराबाद), देवी दुलाल, मिना गुरुङ, हिरा पौडेल, तुलसी क्षेत्री, सीता सुनार, रुपा बुचा, यशोधा न्यौपाने (उत्तर हैदरबाद) चयन हुनुभएको छ ।

यस्तै सदस्यमा लक्ष्मी केसी, लिला थापा, जुना थापा (दक्षिण हैदराबाद), मिना पुन (नागपुर), लक्ष्मी जिसि (एल्लुरु), देवी पराजुली (बिसाकापट्नम), देवि शर्मा (उत्तर हैदराबाद), लक्ष्मी थापा, देवि थापा, जमुना पौडेल , राधिका पौडेल (एल्लुरु), लिला शाही (मध्य हैदराबाद), सङिता केसी, शोभा कालाथोकी (बिशाकापट्नम), कमला भट्टराई (एल्लुरु), उमा विष्ट अधिकारी (बर्धा), शिला परियार (उत्तर हैदराबाद), चन्द्रादेवी थापा, शान्ती क्षेत्री, जमुना केसी, पार्वती गुरुङ (मध्य हैदराबाद) र माया कुँवर (एल्लुरु) रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार