मूल प्रवाहका नेता राम प्रसाद ज्ञवाली र राधालाई रोपडबाट बिदाइ

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्वारा सञ्चालित रोपड एरिया ‘ए’ का कोषाध्यक्ष राम प्रसाद ज्ञवाली र महिला नगर सदस्य राधा ज्ञवालीलाई स–सम्मान रोपडबाट बिदाइ गरिएको छ।

सन् १९९२ देखि मूल प्रवाहमा निरन्तर सक्रिय रुपमा काम गर्दै आएका ज्ञवाली रोपड थर्मल प्लांटबाट गत ३१ जुलाई २०२२ मा सेवानिवृत्त भएपछि प्रवासबाट स्वदेश पठाउने गरि मूल प्रवाहले बिदा गरेको हो ।

ज्ञवाली दम्पतीलाई मूल प्रवाहका केन्द्रीय सदस्य एवम् क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा र जनजाती विभागका लाल बहादुर थापाले अबिर तथा फूलमाला लगाउँदै नगर समितिको तर्फबाट स्मृति चिन्ह र सम्मान पत्र दिएर सम्मान गर्नु भयो ।

उहाँहरु दुवैजनालाई शुभकामना दिनेहरुमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य शिवलाल लामिछाने, क्षेत्रीय महिला संयोजक सिता सापकोटा, क्षेत्रीय सदस्य खगी थापा, जनजाती विभागका लाल बहादुर थापा, लक्ष्मी सापकोटा, रुपा कार्की, एरिया समितिबाट प्रजापति सापकोटा, लगायत हुनुहुन्थ्यो।

ओमप्रकाश सापकोटाको अध्यक्षता तथा दयाराम लामिछानेको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत नारायण सापकोटाले गर्नु भएको थियो।

ज्ञवाली अर्घाखाँची जिल्लाबाट बसाइ सरी हाल रुपन्देहीको बुटबलस्थित मुर्गियाका स्थायी निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार