विष्णु शर्मा (पाण्डेचरी)
भारतबासी नेपालीहरुको,
समस्याको समाधान तिमी ।
पहाड नै उठाउन सक्ने,
बलवान् तिमी ।।
सबैको मार्गदर्शक ,
मुल प्रबाह तिमी ।
ब्यबहारिक पक्षका ,
अथाह तिमी।।
अबिरल बर्षाको,
पक्को आोत तिमी ।
राम्रो कामको निम्ति ,
प्रेरणाको स्रोत तिमी ।।
शोशीत जनताको मुक्तिका सामाग्रीको,
अथक अनन्त सबारी तिमी ।
चैत्र बैशाखको चर्को घाममा,
सफा सितल छहारी तिमी ।।
अशिक्षित र अनपढको निम्ति ,
ब्यबहारिक बिधालय तिमी ।
पिडीतको निम्ति ,
निष्पक्ष न्यायलय तिमी ।।
कमजोर हाथ पाउको निम्ति ,
पोषीलो खुराक तिमी ।
थर्थरी कामेको मुटुको लागि,
जोसीलो अदम्य साहस तिमी ।।
आजको दिनदेखि द्धद्ध बशन्तमा,
प्रबेश गरेका तिमी ।
जीबनमा अनेकौं आरोह अबरोह,
पार गरेका तिमी ।।
हरेक चुनौतीहरुलाइ सामना गर्दै,
अगाडि बढेका तिमी ।
सदाबहार न्यायको पक्षमा,
धरासाही नबनी एक्लै लडेका तिमी ।।
अझै अघि बढ्दै जानू,
शिखरहरु चढ्दै जानु।
ब्यबहारिक ज्ञान हाशिल गर्दै जानु,
तिम्रो जन्मदीनमा यही सुभकामना प्रकट गर्दछौं हामी ।।
। समाप्त ।