चंडिगढमा मूल प्रवाहको प्रगतिशिल देउसी भैलो समापन

खिमराज चालीसे

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले २०७९ तिहारको उपलक्ष्यमा चारदिनसम्म जनताको घर आगन गल्ली गेटहरुमा पुगी खेलिरहेको देउसीभैलो हिजो राती तिनबटै टिमहरुले आ–आफना एरियामा समापन गरेका छन् ।

मूल प्रवाह चंडिगढको टिम ‘ए’ पुरन थापाको नेतृत्वमा खेलिरहेको टिमले हिजो बिहिबार राती एरियामा देउसी भैलो समापन गरेको छ ।

‘बि’ टिम

यसैगरि टिम बिले पनि मोहाली, मध्यसिटी र ईन्डस्ट्रियल एरियाका जनताको घर दैलोमा चार दिनसम्म देउसीभैलो खेली हिजो राती नै समापन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्काले सम्वोधन गर्दै प्रगतिशिल देउसी भैलो र कार्यक्रता समर्थक शुभचिन्तकहरुको योगदानको प्रशंशा समेत गर्नुभएको थियो । त्यसैगरि देउसीभैलोको अनुभव साझा गर्दै बोल्ने अन्य वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य तथा नेपाली समाचार संयोजक खिमराज चालीसे, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य महिला नेतृ जुना चालीसे, एरिया सदस्य डासीराम अर्याल, विद्यार्थी संघ क्षेत्रीय सदस्य सुरज चालीसे, भैलोटिम सदस्य राधा चालिसे घिमीरे, हिरा बहादुर बुढाथोकी लगाएतले आ–आफना अनुभव, सुझाव सहित भैलो निकै राम्रो भएको विचार राख्नु भएको थियो ।

कार्यक्रम थानेश्वर पाण्डेको सञ्चालनमा तथा तेज बहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लक्ष्मी क्षेत्रीले गर्नुभएको थियो।

‘सी’ टिम

मूल प्रवाह चंडिगढ नगर समितिद्धारा सञ्चालित टिम ‘सी’ले पनि हिजो देउसीभैलो समापन गरेको छ । सभालाई मूल प्रवाह नगर सदस्य प्रितम खड्का, मध्यसिटीका नारायण खनाल, महिला विभाग सदस्य माया नेपाली, रक्तिम विभाग सदस्य सम्झना बिक, बाल विभागका संयोजक सन्दिप विकले सम्वोधन गर्दै देउसी भैलोको अनुभव साझा गर्नुभएको थियो ।

कार्यक्रम थमन थापाको अध्यक्षतामा तथा अर्जुन विकको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत दान बहादुर जीसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार