मूल प्रवाह सुदुर–पश्चिमोत्तर क्षेत्रभरी देउसीभैलो सम्पन्न

  • खिमराज चालीसे

रोपड । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरुमा निकै उत्साहका साथ २०७९ को तिहारको उपलक्ष्यमा प्रवासी नेपालीहरुको बिचमा देउसी भैलो भव्यताका साथ सम्पन्न भएका छन् ।

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको संगरुर नगर समितिले तिन दिनसम्म जनताको घर दैलोमा खेलेको प्रगतिशिल जनवादी देउसीभैलोको समापन हिजो गरेको छ । समापन समारोहमा प्रमुख अतिथी केन्द्रीय परिषद सदस्य बुद्धिराम आचार्य, नगर अध्यक्ष खेमराज पोखरेल, महिला नगर संयोजक लक्ष्मी खनाल पाण्डेयले देउसी भैलोको अनुभव बारे चर्चा गर्दै बोल्नुभएको थियो ।

कार्यक्रम नारायण भुसालको अध्यक्षतामा तथा राजु खनालको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत रामप्रसाद खनालले गर्नुभएको थियो ।

यसैगरि सो क्षेत्रको अम्बाला, पटियाला, लुधियाना सिटि र फोकलपाईन्ट, जालन्धर, रोपड, श्रीगंगानगर, भटिण्डा, हिसार र चंडिगढ समेतका नगरहरुमा २०७९ सालको प्रगतिशिल जनवादी देउसीभैलो भव्यताका साथ सम्पन्न भएको क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले दिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार