प्यूठानमा एमाले उमेदवार थापाले गरे महिलाहरुलाई अपमान

प्यूठान । एमालेको तर्फबाट प्युठान जिल्लाका सांसद पदका उम्मेदवार सुर्य थापाले राष्ट्रिय जनमोर्चाकि उम्मेदवार दुर्गा पौडेललाई प्युठानमा बाहिरबाट आएकी बुहारी भनेर अपमान गर्दै हिड्ने काम गर्नुभएको छ । त्यो अपमान सम्पुणर् महिला जातिको अपमान हो ।

कुनै पनि छोरीहरु बिबाह नहुँदासम्म माइतीमा नै बस्दछन् । बिवाह भएपछि बुहारी बन्दछन् । बुहारीहरु नै पछि आमा बन्दछन् । त्यसैरी सृष्टिको प्रारम्भ बुहारीबाट नै हुन्छ । बुहारीहरु आमा बनेपछी उनिहरुबाट नै छोराछोरीहरु जन्मन्छन् । माथिको संक्षिप्त विवरणबाट प्रष्ट हुन्छ, समाजमा बुहारीहरुको कति धेरै महत्व छ ।

बिवाह भएपछि नै महिलाहरु कुनै घरका बुहारी बन्दछन् । बिवाह भएपछि महिलाहरू एउटा गाउँबाट अर्को गाउँमा वा एउटा देशबाट अर्को देशमा पनि जाने गर्दछन् । त्यो अवस्थामा बुहारी भएकोले कुनै महिलाको बिरोध गर्नु सम्पुर्ण महिलाहरूको बिरोध गर्नु हो ।

जहाँसम्म दुर्गा पौडेलको प्रश्न छ, उहाँ प्युठानका लागि पुरै बाहिरिया पनि हुनुहुन्न । उहाँको मुल माइतिघर प्युठानको चुँजामा हो । उहाँले ओखरकोटमा मोहन बिक्रम सिंह शीत बिबाह गरेपछि सांसद बन्नु भन्दा पहिले पनि आफ्नो गाउँ र इलाकामा धेरै बिकासका कार्यहरू गर्दै आउनुभएको इतिहास छ र त्यो सबैलाई थाहाभएको कुरा हो । तर आफुलाई धर्तिपुत्र बताउने प्युठानका एमालेका सांसदका उम्मेदवारले आफ्नो गाउँको बिकासका लागि कुनै खास ध्यान दिएको पाइदैन । विभिन्न प्रधानमन्त्रीहरुका बारम्बार सल्लाहकार बन्दा पनि उहाले आफ्नो गाउँलाई बिर्सनुभयो । त्यसका तुलनामा प्रधानमन्त्रीहरुका बारम्बार सल्लाहकार बन्दापनी जिल्लाको बिकासको कुरा छाडिदिउ, आफ्नो गाउँको बिकासका लागि पनि कुनै काम नगरेको एमालेका कार्यकर्ताहरु नै बताउँछन् । त्यसरी प्युठानमा बाहिरबाट बुहारी भएर आएकी दुर्गा पौडेल र आफुलाइ धर्तिपुत्र बताउने एमालेका उम्मेदवार मध्य कसले बिकास कार्यमा धेरै ध्यान दिएको रहेछ प्रष्ट हुन्छ।

दुर्गा पौडेलले सांसद भएपछि प्युठानका विभिन्न गाउँहरुमा बिकासका लागि गरेका कामहरू सम्बन्धि दुइटा पुस्तकहरु र निर्वाचन अपिल समेत सार्बजनिक भएकाछन् । त्यो संक्षिप्त विवरणबाट संसद बनेपछि प्युठानका लागि केही गरिनन् भन्ने आरोप झुटा साबित हुन्छ । दुर्गा पौडेलले जिल्लामा आएका विभिन्न पुर्वाधार बिकास कोषहरुका रकमहरुमा एक रुपैयाँ पनि भ्रष्टाचार वा आर्थिक हिनामिना नगरिकन जिल्लाको बिकासमा लगाएको हुनाले नै उहाँले जिल्लाब्यापी रुपमा बिकास कार्य गर्न सक्नुभएको हो । जुन व्यक्तिबाट महिलाहरुको सम्मान हुन सक्दैन त्यस्त व्यक्तिहरुबाट देशको विकासको आम जनताको जिउधनको रक्षाको कल्पना गर्नु सहि हुने छैन । माथिका उपरोक्त कुराहरू माथी ध्यान दिएर नै प्युठानका जनताले मंसिर ४ गते हुने चुनावमा गिलास चिन्हमा मतदान गरि प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट सांसद उमेद्वार दुर्गा पौडेललाई विजयी बनाऔं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार