हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदराबादका तीन ओटा नगर समितिको संयुक्त आयोजनामा २०७९ सालको तिहारको अबसरमा देउसी भैलो कार्यक्रम सम्पन्न पारिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य हैदराबाद नगर समितिका अध्यक्ष तिलक रानाको सञ्चालन, दक्षिण हैदराबाद नगर समितिका अध्यक्ष वीर बहादुर बिकको अध्यक्षताबाट अघि बढेको सो कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात् उत्तर नगर समितिका अध्यक्ष मोहनलाल शर्माले स्वागत मन्तब्यबाट र रक्तिमका कलाकारहरुले गित र संगीतबाट स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकताका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले सम्बोधन गर्दै प्रगतिशील पर्वको बारेमा प्रस्ट पार्नुभएको थियो । दुःख सुखलाई सामुहिक रुपमा आदान प्रदान गर्दै सामाजिक सद्भाव कायम गर्नु, पुराना रुढीबादी र चिन्तन र सोंच बिचारलाई परिबर्तन गरि नयाँ र उन्नत समाज निर्माण गर्न मद्दत पुर्याउने उद्देश्यले पर्वहरुलाई प्रगतिशिल तरिकाले मनाउनु पर्ने बताउनु भयो । यसका साथै आफ्नो संस्कार र संस्कृतिलाई सिरोधार्य गर्दै राम्रो कुरालाई लिनु र नराम्रो कुरा त्याग्नु प्रगतिशील पक्ष भित्रको सौन्दर्यता हो । कार्यक्रममा मूल प्रवाह केन्द्रीय समितिकी सदस्य फुलविना पौडेल, केन्द्रीय प्रतिनिधि के रतन सिंह, महिला क्षेत्रीय बिभाग कि संयोजक पुष्पा पौडेल, रक्तिम क्षेत्रीय बिभाग कि संयोजक कृष्ण कुमारी विकले मन्तव्य दिनुभएको थियो ।
देउसी भैलो कार्यक्रममा संकलन भएको रकम क्षेत्रीय समितिका कोषाध्यक्ष घनश्याम शर्माले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा रक्तिम कलाकारहरुले देउसी भैलो सम्बन्धित गित नृत्य प्रस्तुत गर्दै भब्य प्रस्तुती गरेका थिए ।