वशन्त खड्का,
अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीलाई समर्थन गर्नुभएको छ ।
अर्घाखाँची प्रदेश सभा १ (क) बाट उम्मेदवारी दर्ता गरेका चौहानले आइतबार साँझ सन्धिखर्कस्थित एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरिी आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो ।
चौहानले गठबन्धनको जित र प्रतिगमनलाई परास्त गर्न आफूले उम्मेदवारी फिर्ता लिएको स्पष्ट पार्नुभयो । उहाँले प्रतिगमनका विरुद्ध एकतावद्ध भएर लाग्न सबैसँग आग्रह गर्नुभयो ।
त्यसक्रममा उहाँले गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार पुष्पा भुसाल, प्रदेश सभा (क) मा जनमोर्चाका सागर केसी र प्रदेश सभा (ख) मा कांग्रेसका कमल भुसालको जित सुनिस्चित भैसकेको र मंसिर ४ मा प्रक्रिया पुर्याएर औपचारिक घोषणा गर्न मात्रै बाँकी रहेको जिकिर गर्नुभयो ।