कविता : सुभकामना

#विष्णु शर्मा (पाण्डेचरी)

भारतबासी नेपालीहरुको,
समस्याको समाधान तिमी ।
पहाड नै उठाउन सक्ने,
बलवान् तिमी ।।

अबिरल बर्षाको,
पक्को अोत तिमी ।
राम्रो कामको निम्ति ,
प्रेरणाको स्रोत् तिमी ।।

शोषित जनताको मुक्तिका सामाग्रीको,
अथक अनन्त सबारी तिमी ।
चैत्र बैशाखको चर्को घाममा,
सफा सितल छहारी तिमी ।।

अशिक्षित र अनपढको निम्ति,
ब्यबहारिक बिधालय तिमी ।
पिडितको निम्ति निष्पक्ष ,
न्यायलय तिमी ।।

कमजोर हाथ पाउको निम्ति,
पोशिलो खुराक तिमी ,
थर्थरी कामेको मुटुको लागि,
जोसीलो अदम्य साहष तिमी ।।

नोभेम्बर 7 देखि 44,
बसन्तमा प्रबेश गर्ने तिमी।
जीबनमा अनेकौं अारोह अबरोह,
पार गर्न पछि नपर्ने तिमी ।।

हरेक चुनौतीहरुलाइ सामना गर्नु तिमी,
अनन्त रुपमा अगाडि बढ्नु तिमी ।
सदाबहार न्यायको पक्षमा लड्नु तिमी ,
अझै अघि बढ्नु तिमी।
शिखरहरु चढ्दै जानु,
यहि सुभकामना प्रकट।
गर्दछौ हामी ।।

।समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार