हैदराबादका हिमाल (मिलन) परियार मूल घरमै

हैदरावाद । कथित अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य हिमाल (मिलन) परियार मूल प्रवाह मै फर्किनु भएको छ ।

परियार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिद्वारा संचालित जुब्लिहिल्स एरिया समिति भित्र रहेर विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आउनुभएका हिमाल (मिलन) परियार बिगत केही समय यता फुटपरस्तहरुले फैलाएको भ्रममा परि आफू उनीहरुको कथित मध्य दक्षिण क्षेत्रीय समितिमा रहनुभएको थियो ।

परियारले एक लिखित वक्तव्य जारि गरि आफूलाई फूटपरस्तहरुले संगठनलाई अझ एकताबद्ध र मजबुत बनाउँदै जाने भन्ने थियो तर उनीहरुको गराइ संगठनलाई फुट पारेर अर्को संगठन निर्माण गरेपछी उनीहरुको बास्तविकता उदाङ्गिएको बताउनु भएको छ ।

परियारले लेख्नुभएको छ : ‘भारतमा नेपालीहरुको समस्यासङ जुझ्न सक्ने एकमात्र सङ्गठन मूल प्रवाह नै रहेको ठहर गर्दै कथित अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्य सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’ साथै उहाँले भ्रमबस अलमलमा परेका सम्पुणर् दाजुभाइ तथा दिदिबहिनीहरुलाई मूल प्रवाहमा गोल्बन्द हुन बिज्ञप्तिमार्फत आव्हान गर्नुभएको छ ।

परियारले बिज्ञपति मार्फत सार्बजनिक गरे पछि, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल मार्फत सदस्यता लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार