गजल:

सुरेशकुमार पान्डे

कहिले दुर्घटना कहिले अप्राध तस्विर उस्तै भयो,
नेपाली जनताको किन होला तक्दिर उस्तै भयो।
कुनै मर्छन खाडीमा कुनैलाई पल्टाउँछ गाडीहरू,
अपठ्यारो बाटो थोंत्राछन वहान भिर उस्तै भयो।
देश भ्रष्टचारमै लिप्त भयो महंगीको मार उस्तै छ,
अब चल्दैन गुजारा यो देशमा जागिर उस्तै भयो।
न पाटो आफ्नो न दिन्छ सरकारले काम देशभित्र,
कसरी खाने माम गरिबीकै यो जञ्जिर उस्तै भयो।
न सिमानामा बलियो पर्खाल छ न कुनै रोक थाम,
भताभुङ्ग भयो आर्थिक अबस्था फकिर उस्तै भयो

पुर्खाले आर्जेको आफ्नै रगत बगाई नेपाली भूमी,
सदियौ रहन्छ की रहंदैन जिवित पिर उस्तै भयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार