#रबि पौडेल
राजनीतिमा भाग बहादुरहरु धेरै भए
नेताहरूमा ठग बहादुरहरु धेरै भए
कोहि नेताहरू भाग्दै भाग्दै पर गए
कोहि नेताहरू बिलो खोज्दै नजिक भए
अप्ठ्यारो बाटोलाई सजिलो बनाउनु थियो
कस्तो छुट्दै नछुट्ने बर्गिय मित्रता थियो
काँडेतार र नेलहरु दमदार तोड्नु थियो
बर्गिय मायाको साथ कहिलै नछोड्नु थियो
कस्तो मित्रता थियो सबै खुस देखिन्थे
अहिले कस्तो तिक्तता आई दुखि देखिए
मोर्चामा मुठ्ठी कसेका योद्धाहरु हार्दैनन्
नीति र सिद्धान्तनिष्ठहरु पार्टी छाड्दैनन्
पाखामा पैरो गएको देखेर परै डराउनेहरु
काँडाले चिथोरेको सानो घाउँ ठुलो देख्नेहरु
दोष अर्कैको थाप्लोमा सुम्पि जोगिनेहरु
कसम बिर्सेर, झुठो क्रान्तिका भाका फेर्नेहरु
आस्था ढल्दैन कहिले बिचारले चिनेको छ
झुक्काउन सक्दैन बैरिले क्रान्तिको बाटो रोजेको छ
रोकिने छैनन् पाईलाहरु अदम्य शाहस बोकेको छ
जितिन्छ संसार एक दिन माओबिचारधारा अजय छ ।
मिति ः २६ डिसेम्बर २०२२
दक्षिण भारत पाण्डेचरी ।