भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना

काठमाडौं । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ। अघिल्लो राति करिब १२ बजेतिर बस दुर्घटनामा परेको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा कैलालीको टीकापुर–१ ज्योतिनगरका ४० वर्षीय ललित साउद, व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउदको सनाखत भएको छ। अर्की एक महिलाको पहिचान खुलेको छैन।

दुर्घटनामा एक जना भारतीय नागरिकको पनि ज्यान गएको छ। अन्य १७ जना घाइते भएका छन्। उनीहरुको भारतमै उपचार भइरहेको छ।

दुर्घटनाको कारण भने खुलेको छैन । मृतकका परिवार घटनास्थलतर्फ गएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार