मूल प्रवाहको हिमाञ्चल राज्य सम्मेलन तयारी समिति गठन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमांचल राज्य समिति सम्मेलनको तयारीमा जुटेको छ ।

आइतबार सम्पन्न हिमाञ्चल राज्य समितिको विस्तारित बैठकले आगामी ६-७ मई २०२३ मा दशौँ राज्य सम्मेलन गर्ने निर्णय गरेको हो ।

‘प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने नाराका साथ मूल प्रवाहले भारतव्यापी रुपमा क्षेत्रीय सम्मेलन गर्दैछ ।

विस्तारित बैठकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले उद्घाटन गर्नुभयो । सो क्रममा अध्यक्ष खनालले भारतस्थित नेपालीहरू मूल प्रवाहमा सचेत समर्पित र संगठित भएर संगठन मजबुत पारेमा मात्र सबैका हक अधिकारको रक्षा हुन सक्ने बताउनुभयो । अध्यक्ष खनालले देशको राजनैतिक अस्थिरताले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता, समेत खतरामा परेको उल्लेख गर्नुभयो ।

बैठकलाई केन्द्रीय सदस्य दिनेश खडका र नेत्र गुरुङले पनि सम्बोधन गर्नु भएको थियो । बैठकले दशौं राज्य सम्मेलन सम्पन्न गर्न समितिका अध्यक्ष सोभाखर पन्थको संयोजकत्वमा ९९ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको छ ।

त्यस्तै, सचिव भुवन केसीको संयोजकत्वमा प्रचार प्रसार समिति, बिरु श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, बलजित सिंहको संयोजकत्वमा स्वंयसेवक समिति, बिसन कुमारको संयोजकत्वमा सांस्कृतिक समिति, ठाकुर प्रसाद पन्थको संयोजकत्वमा मेस तथा बजार व्यवस्थापन समिति गठन गरिएको छ ।

सोभाखर पन्थको अध्यक्षतामा तथा भुवन केसीको सञ्चालनमा सम्पन्न भएको बैठकमा ठाकुर प्रसाद पन्थले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार