मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा आयोजित खुल्ला फुटबल प्रतियोगिता र ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर कार्कीको अध्यक्षता, पश्चिम भारत क्षेत्रीय समितिका सदस्य निखिल रावतको सञ्चालन तथा केन्द्रीय समितिका सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई सृजना थापाले मन्तव्यद्वारा स्वागत गर्नु भयको थियो ।
कार्यक्रममा पश्चिम भारत क्षेत्रीय खेल विभागका संयोजक भुवन सिंह धामी, पश्चिम भारत महिला विभागकी संयोजक शोभा धामी, केन्द्रीय सदस्य रमकला काउछा मगर, केन्द्रीय वैकल्पिक सदस्य कृष्ण कुँवर, केन्द्रीय वैकल्पिक सदस्य श्रीधर शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मोहन बस्नेत, क्षेत्रीय कोषाध्यक्ष प्रविन काउछा, क्षेत्रीय सदस्य बिष्णु माया शर्मा क्षेत्रीय सल्लाहकार दुर्गा राना, लक्ष्मी कुँवर, सबिना कुँवर, पुर्ण बि.क., देवेन्द्र रावल, गन बहादुर राना, चन्द्र बि.क., बिना काउछा, हरि काउछा लगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य तथा प्रमुख अतिथि गोविन्द बहादुर थापाले फुटबललाई गोल हानेर गर्नु भएको थियो । सोही अवसरमा बोल्दै उहाँले महिलाहरु संगठित भएर संघर्ष गरेका कारणले नै अहिले सम्म केही अधिकार प्राप्त गरेको र सम्पूर्ण रुपमा मुक्तिको लागि पनि संगठित भएर नै गर्न सकिने कुरा व्यक्त गर्नु भएको थियो ।
त्यसै गरी उक्त कार्यक्रममा केन्द्रीय सदस्य रमकला काउछा मगरले आफ्ना हक अधिकार प्राप्तिका लागि संगठित भएर लाग्नको लागि सम्पूर्ण महिलाहरुलाई आह्वान गर्नु भएको थियो ।
पश्चिम भारत महिला विभागकी संयोजक शोभा धामीले महिलाहरु माथि हुने सबै समस्याहरु समाजलाई बताएर त्यसको समाधानको लागि संघर्ष गर्नु पर्ने कुरा बताउनु भएको थियो ।
फुटबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । वापी चालाबाट धनगढी बैइज समीर सिके क्याप्टेन रहेको समूह प्रथम प्रथम भएको थियो भने भुवन सिंह धामी क्याप्टेन रहेको एफ.सी. समूह द्वितीय तथा साJत्वना अरुण वि.क. क्याप्टेन रहेको चनोदा समूह भएको थियो ।