हिमांचल राज्य समितिको विस्तारित बैठक सम्पन्न

सोलन । प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको सामाजिक सुरक्षाको लागी संगठित बनौं ।” भन्ने नाराका साथ भारत व्यापी रुपमा सम्पन्न हुने क्षेत्रीय सम्मेलनहरुको तैयारी अन्तरगत हिजो हिमांचल राज्य समितिको विस्तारित बैठक हिजो आइतबार सम्पन्न भएको छ ।

बैठकको उदघाटन समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले व्यानर खोलेर गर्नु भएको थियो । वहाँले भारतस्थित नेपालीहरू मूल प्रवाहमा सचेत समर्पित र संगठित भएर संगठन मजबुत पारेमा मात्र सबैका हक अधिकारको रक्षा हुन सक्ने धारणा राख्नु भएको थियो । खनालले देशको राजनैतिक अस्थिरताले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता, समेत खतरामा परेको बताउनु भएको थियो। बैठक लाई केन्द्रीय सदस्य दिनेश खडका र नेत्र गुरुङले पनि सम्वोधन गर्नु भएको थियो।

बैठकले आगामी ६–७ मई २०२३ मा हुने राज्य सम्मेलनको आवश्यक निर्णयहरु गरेको छ । जस अनुसार समितिका अध्यक्ष सोभाखर पन्थको संयोजकत्वमा ९९ सदस्यीय सम्मेलन तैयारी समिति, भुवन केसीको संयोजकत्वमा प्रचार प्रसार समिति, बिरु श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, बलजित सिंहको संयोजकत्वमा स्वंयसेवक समिति, बिसन कुमारको संयोजकत्वमा सांस्कृतिक समिति, ठाकुर प्रसाद पन्थको संयोजकत्वमा मैस व्यवस्थापन समिति पनि गठन गरिएको छ ।

विस्तारित बैठक सोभाखर पन्थको अध्यक्षतामा तथा भुवन केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत ठाकुर प्रसाद पन्थले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार