“विद्रोहको ज्वाला”

संरचना हो कि ध्रुतको जालीतन्त्र यो बुझ्दैछु।
म विद्रोहको ज्वाला दन्काउदै लाभामा हिडदैछु।।
कागजी बाधको यो संरचना ढाल्ने प्रण गर्दैछु।
श्रमको थोपाहरु क्रान्तिलाई समर्पण गर्दैछु।।

दुश्मनला हाक दिदै धर्तिमा दौडिरहने मन।
ढाल्दै असमानताका दिवार गर्जदै छ यो मन।।
बेइमान को संरचना भत्काउने प्रण गर्दैछ।
फेरी संरचना का अनुयायीला प्रहार गर्दैछ।।

खुट्टा काट तिमी म खुट्टाहरू बिना हिडन सक्छु।
हात हरु काट तिमी म त हात बिना लेख्न सक्छु।।
आखाँहरु निकाल तिमी फेरी पनि म देख्न सक्छु।
गर्दन छिनाल्यौ भने पनि फेरी नी जीउन सक्छु।।

हो अकाल हुं तर घमन्ड छैन रत्तिभर पनि।
दुश्मन लाई मात्र होईन जित्छु मृत्यु लाइ पनि।।
सामदामको संरचना भत्काउने संकल्प पनि।
ललकार यो स्वाभिमान को रक्षार्थ हो मेरो पनि।।

स्वाभिमान दिव्य जीवनको सर्वोच्च यात्रा बन्दैछ।
धुर्तहरु परास्त गर्दै ईमानको यात्रा बन्दैछ।।
सुगन्धित पुष्प गुच्छा भित्र यो जीवन दौडि रहन्छ।
नभमा सधै अबिचलीत जीवनयात्रा रहन्छ।।
रचना – खिमराज चालिसे

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार