काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको छ ।
रास्वपा सांसद श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको हो । अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ। रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गरे।
अडिओ बाहिरिएको विषयमा निलम्बन गरिएको र छानबिन समिति बनाइएको बुर्लाकोटीले बताए । उनी समानुपातिक सांसद हुन्। पार्टीले निलम्बन गरेपछि अब उनको सांसद पद पनि निलम्बन हुन सक्छ।
सार्वजनिक भएको अडियोमा प्रसाईं र श्रेष्ठले गरेको कुराकानीको अंश:
ढाकाप्रसाद: मुकुलजीलाई त थाहा छैन सर यो। मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…
दुर्गा: ए।
ढाकाप्रसाद: बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाहि छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षण देखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्। पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन…
दुर्गा: यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन?
ढाकाप्रसाद: अ.. मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।
दुर्गा: तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्। सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ? कुरो बुझ्नुभएन?
तपाईंलाई म उ दिन्छु। आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है।
अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नी? तोसिमा कार्कीले?
ढाकाप्रसाद: हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।
दुर्गा: ए… ल। अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नी कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन्।
ढाकाप्रसाद: तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नी।
https://www.facebook.com/watch/?ref=external&v=971457347560499